Thursday, March 27, 2025
17.8 C
Kathmandu
Homeराष्ट्रियशुक्रबार ७:३५ सम्म २३ परकम्प, परकम्प अझै रोकिएको छैन : भूकम्पविद्

शुक्रबार ७:३५ सम्म २३ परकम्प, परकम्प अझै रोकिएको छैन : भूकम्पविद्

काठमाडौँ, शुक्रबार, १६ फागुन २०८१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ ।

“२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना करकम्प आउनेक्रम जारी छ ।”

गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक आइरहने उनले बताए । राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको