Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeराष्ट्रियमन्त्रालयले कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी

मन्त्रालयले कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी

काठमाडौँ, सोमबार, १९ फागुन २०८१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको छ ।

संघीय तथा प्रादेशिक कर्मचारी शाखाद्वारा प्रेषित पत्रमा पदस्थापना सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐनअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई अहिलेसम्म रमाना नदिएको भन्दै पुन: ताकेता गरिएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई पनि रमाना नदिएको/नलिएको भन्दै यसबाट सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

त्यस्ता कर्मचारीलाई ५ दिनभित्र रमाना दिन, रमाना अवधि गुज्रिएकाको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अरु बिदा स्वीकृत नगराउन, तलब हाकिम र लेखापालबाट भराउन र कार्यान्वयन नगरे कार्यालय प्रमुखलाई कारवाही गर्न भनिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको