Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeआईपीएम फलोअप"सहिष्णुताका लागि सञ्चार" आईपीएम समाचार आजदेखि आठौँ बर्षमा प्रबेश

“सहिष्णुताका लागि सञ्चार” आईपीएम समाचार आजदेखि आठौँ बर्षमा प्रबेश

आई.फूलबारी मिडिया नेटवर्क प्रा. लि द्वारा सञ्चालित “सहिष्णुताका लागि सञ्चार” आईपीएम समाचार डट कम (www.ipmsamachar.com) आजदेखि सातौ वर्ष पुरा गरी आठौँ वर्षमा प्रबेश गर्न सफल भएको छ । आज फागुन २० गते, आजको दिन हामी नेपाली डिजिटल पत्रकारितामा नयाँ आयामका साथ सन्चालन गरेका थियौ । यो सानो यात्रा हो । यो यात्रालाई अझै सशक्त र मजबुत बनाउने हाम्रो प्रण छ ।

आठौँ बर्षमा प्रवेश गरेको सुखद् अनुभुति तपाई पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी मन प्रफुल्ल भएका छौ । आठौँ बार्षिक उत्सबको अवसरमा दु:ख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता, सम्पादक मण्डल, सहयोगी, नेपाल पत्रकार महासंघ, सम्बाददाता, प्रत्यक्ष तथा अ-प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र अगाडी बढ्न हौसाउने बौद्धिक बर्गलाई एक पटक कम्पनीको तर्फबाट सम्पूर्ण महानुभाबहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ब्यक्त गर्न चाहन्छौ ।

बिश्वभरी छरिएर रहनु भएका नेपालीहरु बिच निकै लोकप्रिय रहेको ipmsamachar अनेक आरोह र अवरोहका बिच आजदेखि आठौँ बर्षमा पाइला टेक्न सफल भएको छ । देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका उपस्थित भएको छ ।

जहाँ इच्छा आकांक्षासंगै कर्ममा निरन्तरता हुन्छ, त्यसले सफलता पाउछ भन्ने लामो उद्देश्य र लक्ष्यका साथ हामी अडिक भएर अगाडि बढेका छौं । यस संचार माध्यमले छोटो समयमा नै देश-विदेशमा रहनु भएका समस्त आम नेपालीहरुको मन जित्न सफल भएको छ । मुलुकको केन्द्रमा रहेर पनि आवाजबिहिनहरूको आवाज बनि सुचनाको सम्बाहक, ग्रामिण भेग र खोज पत्रकारीता निरन्तरता दिँदै यस अनलाइनले नेपाल र नेपालीको मात्र नभइ राष्ट्रिय तथा अन्तराष्ट्रिय तथा प्रवासका समाचारलाई समेत द्रुत गतिमा प्रकाशन, प्रसारण गर्दै आइरहेको यहाँहरुलाई अवगत नै रहेको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको उच्च रोजाइमा पर्न सफल यस अनलाइनले पाठक, दर्शकहरू माझ निष्पक्ष, पारदर्शी एवम सत्य तथ्य समाचार प्रकाशन गर्दै आइरहेको छ । विश्वभरीका पाठकहरूसमक्ष सत्य तथ्य समाचार प्रकाशन गर्दै आएको यस अनलाइनले ipmsamachar आठौँ बर्षमा प्रवेश गरेसंगै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रण पनि यहाँहरु सामु गर्न चाहान्छौं ।

साथै, आगामी दिनहरूमा पनि तपाइहरुको साथ सहयोग, सल्लाह, सुझाबको अपेक्षा राखेका छौं । तपाई पाठकवर्गको चाहना अनुरुप, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम प्रयोग गरेर विभिन्न असहज परिस्थितिहरुलाई पनि सहज रुपमा लिदै यात्राका अझ फराकिला बाटाहरु बनाउदै युद्द गतिमा हामी सशक्त रुपमा अगाडी बढी रहेका छौ ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा सिमपानी न्युजलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ ।

देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा ipmsamachar को दैनिक क्रियाकलाप हुनेछ । तपाईहरुको समय समयमा दिनु भएका राय सल्लाह, सुझाब एब प्रतिक्रियाहरुलाई हामीले हाम्रो मार्गदर्शन बनाएका छौ । आगामी दिनमा पनि तपाईहरुको राय सल्लाह, सुझाब एब प्रतिक्रियाको अपेक्षा गरेका छौ ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र ताजा समाचार, मनोरञ्जन, बिचार, प्रवास, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । हाम्रा अगाडि चुनौतीहरु होलान् तर हामी अवसर सिर्जना गर्न लाग्नेछौँ । हाम्रा अगाडि अप्ठ्याराहरु होलान् तर हामी सम्भावनाका खोजीमा अघि बढ्नेछौँ ।

हाम्रा अगाडि समस्या होलान् तर हामी समाधानका मार्गहरु प्रशस्त गर्न दृढ रहनेछौँ । हाम्रो यात्रा गन्तव्य प्राप्तिका लागि नभई गन्तव्यतर्फको मार्ग प्रशस्त गर्नका लागि हो । हामी मात्र संख्याको रुपमा होइन, हामी हाम्रो उपस्थितिलाई जिम्मेवारीपूर्वक दर्शाउन प्रतिबद्ध छौँ । समाजका विभिन्न क्षेत्र र पक्षका आम जनजीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने सबै खालका घटना हाम्रो लागि सूचना र समाचारका आधारहरु हुनेछन् । गम्भीर र गहन विषयवस्तु मात्र नभएर मनोरञ्जनका विविध पक्षलाई पनि हामी हाम्रो विषयवस्तुमा समेट्ने छौं ।

समग्रमा हामी तपाईंलाई समाचार होइन हामी तपाईंको समाचार बनेर तपाईं सामू प्रस्तुत हुनेछाैँ । हामी यहाँहरुको साथ, शुभेच्छा, सल्लाह, सुझाव र मार्ग निर्देशनलाई सकरात्मक रुपमा ग्रहण गरी अझ परिमार्जित र परिष्कृत रुपमा प्रस्तुत हुन सदैव अग्रसरता देखाउनेछौँ ।

शुभ बिहानी देखि मध्यरातसम्म हाम्रो प्रयास रहनेछ, सन्तुलित र तथ्यसहितको समाचार दिन । हामीलाई साथ दिनुहाेस्, हामी तपाईंलाई तपाईंका कुरा पस्कनेछौँ । जुन तपाईंलाई अझै प्रिय लाग्नेछ । नयाँ यात्राको लागि हामी तपाईंसँगै छौँ । आउनुहोस् हातेमालो गरौँ । अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानप्रति जिम्मेवार छौं र रहने छौं भन्ने प्रण समेत दिलाउदैँ आगामी दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहन्छौं ।

आई. फूलबारी मिडिया नेटवर्क प्रा.लि.
२०८१ साल फागुन २० गते मंगलबार ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको