Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeप्रवासनारी निकुञ्ज अस्ट्रेलियाले मनायो 'अन्तर्राष्ट्रिय नारी दिवस'

नारी निकुञ्ज अस्ट्रेलियाले मनायो ‘अन्तर्राष्ट्रिय नारी दिवस’

spot_img

सिड्नी, बिहिबार, २२ फागुन २०८१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भगिनी संस्था नारी निकुञ्ज अस्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवस एक विशेष कार्यक्रमबीच मनाएको छ । नोरिस नेसन फाउन्डेसनसँगको सहकार्यमा सिड्नीस्थित लिभरपुलमा बृहत् अन्तर्क्रियासहित दिवस मनाइएको हो ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले महिलाहरूलाई प्रशासनिकसहितका अन्य क्षेत्रमा कार्यकारी पदमा ल्याउनुपर्ने बताउँदै विगतका संघर्षका दिनहरूको सम्झना गरिन् । उनले महिलाहरूलाई समान अवसर र नेतृत्वमा ल्याउन सके महिला अधिकार र सशक्तिकरणमा उल्लेख्य प्रगति हुने स्पष्ट पारिन् ।

कार्यक्रमकी अध्यक्ष एवम् नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक संगीता चापागाईंले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै लामो समयदेखि संस्थाले महिलाहरूको उत्थानका लागि संस्थाले काम गरेको बताइन् । चापागाईंले मुख्यगरी पाठेघरको मुखको क्यान्सर, महिनावारी, प्रजनन् स्वास्थ्य समस्याका बारेमा नेपालका विभिन्न ठाउँमा सचेतनासहित सहयोगका काम गरिरहेको जानकारी दिइन् । उनले अस्ट्रेलियामा पनि विद्यार्थी र महिलाहरूलाई लक्षित गरी विभिन्न तालिम तथा कार्यक्रमहरू गरिएको स्पष्ट पारिन् ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारीले आफ्नो संस्थाले अस्ट्रेलियामा रहेका समाजहरूलाई नियालिरहेको भन्दै त्यसमा पनि नारी निकुञ्जले गरेका सामाजिक कर्महरू प्रशसंनीय रहेको बताए ।

नोरिस नेसन फाउन्डेसनद्वारा सुरक्षित महिनावारी, सुरक्षित प्रसूति, गर्भावस्था, महिनावारी र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न जानकारी र सचेतनामूलक प्रस्तुति राखिएको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, मनोचिकित्सक डा. घनश्याम चापागाईं, डा. राजु अधिकारी र लिभरपुल काउन्सिलकी काउन्सिलर फियोना म्याकनट, चरिश्मा कलियान्दा, नारी निकुञ्जकी संस्थापक संयोजक बबिता श्रेष्ठ, सामाजिक अभियन्ता इन्द्रा वन, कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत केसी, नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य संयोजक सबला बस्नेत, बरउड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नारी निकुञ्जकी संस्थापक सचिव जानकी पौडेलद्वारा लिखित रिलेसनसीप र कोरोना कहर पुस्तकको विमोचन गरिएको थियो । नारी निकुञ्जले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट स्वंयसेवक पुरस्कार अग्रता रेग्मीलाई प्रदान गरिएको छ । कार्यक्रममा जेनिशा गौतम नेतृत्वको कलाकारहरूले नेपाली पहिरनमा सजिएर विभिन्न नेपाली संस्कृति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img