Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeपालिका विशेषसडकको क्षेत्राधिकार भित्र निर्माण भएका संरचना हटाउन शहिद लखन पालिकाको आग्रह

सडकको क्षेत्राधिकार भित्र निर्माण भएका संरचना हटाउन शहिद लखन पालिकाको आग्रह

गोरखा, आइतबार, २५ फ़ागुन २०८१ । शहिदलखन गाउँपालिकाले सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन आग्रह गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण नगर्न र निर्माण भएको भए हटाउन आग्रह गरेको हो ।

‘गाउँपालिकाको सडक मापदण्डको क्षेत्राधिकारभित्र स्वीकृतिबिना संरचना निर्माण गर्ने, अनावश्यक रुपमा खाल्डो खन्ने, माटो थुपार्नेलगायत विभिन्न निर्माण सामाग्रीहरु सञ्चय गर्ने र सवारी आवत जावतमा बाधा पु¥याउने, सार्वजनिक सम्पत्तिको रुपमा रहेको सडकलाई बिगार्ने वा क्षति पु¥याउने कार्य नगर्न/नगराउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

साथै, पालिकाले सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण गरेको भए उक्त संरचना चैत मसान्तभित्र हटाउन अनुरोध गरेको छ । संरचना नहटाए कानुनबमोजिम संरचना भत्काइ/हटाइ आवश्यक कारबाही गर्ने भन्दै पालिकाले सचेत गराएको छ ।

शहिदलखनको सडक मापदण्डअनुसार, मध्य र महत्वपूर्ण स्थानमा रहेको स्थानीय सडकको चौडाई ९ मिटर हुनुपर्दछ । ग्रामीण सडक अर्थात पालिकाको बस्तीहरुमा यातायात पहुँचका लागि बनाइएका सडकको चौडाई न्युनतम ६ देखि ७.५ मिटरको हुनुपर्दछ भने पालिकाको भित्र मुख्य मुख्य कृषि उत्पादन क्षेत्र र बजारलाई जोड्ने सडकको चौडाई न्युनतम ५.७५ मिटरको हुनुपर्ने मापदण्ड छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको