गोरखा, मंगलबार, २७ फागुन २०८१ । स्थापना दिवसको अवसर पारेर धार्चे गाउँपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै पालिकाले मंगलबार (फागुन २७ गते) पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने जनाएको छ ।
पालिकाको गत फागुन २३ गते बसेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाको स्थापना दिवसको दिन बिदा दिने निर्णय गरेको थियो ।
पालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
