गोरखा, बुधबार, २८ फागुन २०८१ । गोरखाको भिमसेन थापा गाउँपालिकाका नगर प्रहरी विपदमा पनि सक्रिय हुने भएका छन । संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय सरकारका काम, कर्तव्य र अधिकार २२ प्रकारका छन् ।
यीमध्ये सबैभन्दा पहिलो नगर प्रहरी राख्ने अधिकार छ । स्थानीय सरकारको अभ्यास सुरु भएको ८ वर्ष बित्दा गोरखाकोे भिमसेन थापा गाउँपालिकाले पहिलाे पटक नगर प्रहरीमार्फत सुरक्षामात्र नभइ विपतमा पनि नागरिकको जीउधन बचाउन काम थालेको छ ।
गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण र नियमित बजार अनुगमनलगायतका काममा पनि खट्दा स्थानीयबासीले सजिलो महसुस गरेका छन् ।
भीमसेन थापा गाउँपालिकाले १ वर्ष अघि आफ्नै आन्तरिक स्रोत परिचालन गरेर पालिका भित्रको सुरक्षाको जिम्मा नगरप्रहरीलाई दिएको छ ।
प्रहरीको सक्रियतासँगै अवैध नदीजन्य पदार्थको उत्खनन्को रोकथाम र राजश्व बढाउन पनि सजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
पालिकामा सेवा लिन आउने नागरिकका लागि हेल्प डेक्समार्फत समन्वय गर्ने कम पनि नगर प्रहरीमार्फत भएको उनले जानकारी दिए । गाउँपालिकाले नगरप्रहरीको भर्ना छनौटसँगै करिब ३ महिना आधारभूत सुरक्षा तालिम दिएर परिचालन गरेको हो ।