Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपालिका विशेषधार्चे गाउँपालिकाको स्थापना दिवसमा पहिलो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धार्चे गाउँपालिकाको स्थापना दिवसमा पहिलो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

गोरखा, बुधबार, २८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकामा सम्पन्न राष्ट्रिय पुरुष युगल (एक्सेप्ट टप २०) विधा अन्तरगतको ब्याटमिण्टन प्रतियोगिताको उपाधि विधान अधिकारी र पविन लिङथेपको जोडीले हात पारेको छ । गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित ‘पहिलो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधि त्रिभुवन आर्मी क्लवका अधिकारी र लिङथेपको जोडीले जितेको हो ।

विजेता द्वयले रु ७५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाले जनाएको छ । यस्तै, सुप्रिम पन्त र सुविन श्रेष्ठको जोडी दोस्रो भएका छन् । भने विवेक चौधरी, हिमान्सु कँवर मगर र राम मल्ल ठकुरी, सुजन थापाको जोडी प्रतियोगितामा तेस्रो भएका छन् । उनीहरुले क्रमश रु ३० हजार र २०÷२० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खुल्ला जिल्ला स्तरीय पुरुष युगल व्याटमिण्टन प्रतियोगितामा धादिङका भिषण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पहिलो भएका छन् । प्रतियोगितामा धादिङकै जेनिश अमात्य र वुद्धि थापाको जोडी दोस्रो भएका छन् । यस्तै, गोरखाको मुकुल गुरुङ र छत्र थापाको जोडी र धादिङको विष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडी तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेहरुले क्रमश रु ४५ हजार, ३० हजार र १५\१५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाका कर्मचारी सन्देश गौडेलले बताए ।

अन्तरपालिका स्तरीय युगल विधामा बारपाक सुलिकोट गाउँपालिकाका कृष्ण गुरुङ र रमेश थापाको जोडी प्रथम भएको उनले जानकारी दिए । यसैगरी, जिल्ला प्रहरी कार्यालयका लिला बहादुर रानाभाट र विर कुमार थापाको जोडी प्रतियोगितामा दोस्रो बनेको राज गुरुङले जानकारी दिए । सहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाले भने तृतीय स्थान हासिल गरेका छन् । सहिदलखनका डिल थापा, निर्मल थापा र गोरखा नगरपालिकाका सुजन भट्ट र अन्जित श्रेष्ठको जोडीले तेस्रो स्थान हात पारेको हो ।

अन्तरपालिका स्तरीय युगलका बिजेताहरुले क्रमश रु ३० हजार, २० हजार र १०÷१० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गत आइतबारबाट सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत राष्ट्रिय पुरुष युगल, खुल्ला जिल्ला स्तरीय पुरुष युगल र गोरखा जिल्ला अन्तर पालिका स्तरीय युगल गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो ।

साथै, स्थापना दिवसको अवसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा पालिकाका जिन्सी शाखामा कार्यरत विजयकुमार श्रेष्ठ, उत्कृष्ट विद्यालयका रुपमा जनजागृति मावि माछीखोलालाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट शिक्षकका रुपमा प्रभातकिरण मावि लापुवेशीकी शिक्षिका संसरी गुरुङ, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा केरौँजा स्वास्थ्य चौकीकी सरिस्मा घलाङ तामाङलाई सम्मान गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको