Sunday, April 20, 2025
24.1 C
Kathmandu
Homeप्रदेश विशेषधार्चे ७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण

धार्चे ७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण

गोरखा, बिहीबार, ७ चैत्र २०८१ । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण भएको छ ।

जापान सरकार परराष्ट्र मन्त्रालयको अनुदान सहयोग एवं चाइल्डफण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले निर्माण गरेको उक्त भवन मंगलबार एक कार्यक्रमका विच विद्यालय लाई हस्तान्तरण गरिएको हो ।
नेपालको लागि जापानको दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियमतामुरा ताकाहिरो र गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा बोल्दै ताकाहिरोले गोरखाको दुर्गम गाँउमा आएर विद्यालय बनाउन पाउँदा खुशी लागेको बताए । विद्यालय भवन निर्माण भएपछि बालबालिकाहरुले सुरक्षित रुपमा पढ्न पाउने भन्दै उनले पढाईको गुणस्तरमा समेत सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरे । गाउँपालिकाको अध्यक्ष गुरुङले ९ महिनामै भवन निर्माण सम्पन्न गरेको भन्दै संस्था प्रति आभार व्यक्त गरेका थिए ।

२०७२ सालको भुकम्प भत्काएपछि लामो समयसम्म पुर्ननिर्माण हुन नसकेको उक्त विद्यालय भवन वडा कार्यालय, गाउँपालिकाको अनुरोधमा एकिकरण नेपाल गोरखाले निर्माण सम्पन्न गरेको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । झण्डै ४ करोड लगानीमा बनेका भवनमा ८ वटा कक्षा कोठा रहेका छन् ।

ग्याबिन पर्खाल, कक्षा कोठा फर्निचर, खानेपानीको व्यवस्था, खेल मैदान लगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चाइल्डफण्ड जापानको कार्यक्रम निर्देशक माछाहिरो, नेपालको निर्देशक आङ पासाङ शेर्पा, वडा नं. ७ का अध्यक्ष राकेश गुरुङ, विद्यालयको प्रधानाध्यापक जीबबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको