Sunday, April 20, 2025
24.1 C
Kathmandu
Homeआईपीएम फलोअपप्रेस सेन्टर नेपालको केन्द्रिय समावेशी उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्विरोध चयन

प्रेस सेन्टर नेपालको केन्द्रिय समावेशी उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्विरोध चयन

गोरखा, सोमबार, १८ चैत्र २०८१ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको समावेशी उपाध्यक्ष पदमा गोरखाका दिपक श्रेष्ठ जलन निर्विरोध चयन हुनुभएको छ । आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा उहाँको मात्र एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँ यस अघि गण्डकी प्रदेशका इन्चाज हुनुहुन्थ्यो । उहाँ गोरखामा रहेको सामुदायिक रेडियो रेडियो मनास्लुका स्टेशन म्यानेज हुनुहुन्छ भने उहाँ आफैले नागरिक अनलाइन डटकम समेत सञ्चालन गर्दै आउनुभएको छ ।

प्रेस सेन्टरमा धेरै पदहरुमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा अध्यक्षका लागि कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको