Sunday, April 20, 2025
24.1 C
Kathmandu
Homeराष्ट्रियसाेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

साेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ, सोमबार, १८ चैत्र २०८१ । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले बिदा दिइएको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार बिदा दिइने निर्णय भएको जानकारी दिनुभएको छ ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको