Sunday, April 20, 2025
24.1 C
Kathmandu
Homeशिक्षाशिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान

शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान

काठमाडौँ, मंगलबार, २६ चैत्र २०८१ । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।

तर, शिक्षकहरू वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः बोलाएको मन्त्रालयले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको