Saturday, May 24, 2025
22.1 C
Kathmandu
Homeशिक्षाशिक्षक आन्दोलन : निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

शिक्षक आन्दोलन : निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

काठमाडौँ, आइतबार, १४ वैशाख २०८२ । नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।

उहाँका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी एक पत्रकार सबिना कार्की घाइते हुनुभएको छ। १९ शिक्षक र पाँच प्रहरीको पुरा विवरण आइनसकेको उहाँको भनाइ छ।

प्रवक्ता आचार्यले भन्नुभयो, “निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग भएको हो।”

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको