Saturday, May 24, 2025
23.1 C
Kathmandu
Homeपालिका विशेषअजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने सडक गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा शिलान्यास

अजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने सडक गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा शिलान्यास

गोरखा, शुक्रबार, २६ वैशाख २०८२ । गोरखा चनौटे डिस्का भच्चेक सडक (१४.३० किमि) कालोपत्रे हुने भएको छ । आज भएको एक कार्यक्रमका बिच उक्त सडकको गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको छ ।

सडक शिलान्यास गर्दै मन्त्री सुरेन्द्रराज पाण्डेले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्वता पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सो सडक अजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने मुख्य र छोटो सडक भएको बताउँदै उहाँले समयभित्रै सम्पन्न भएमा बजेट अभाव हुन नदिने बताउनुभयो ।साथै, उहाँले समयभित्रै गुणस्तरीय सडक निर्माण गर्न व्यवशाीलाई आग्रह गर्दै सहयोग गर्न स्थानीयलाई पनि अनुरोध गर्नुभयो ।

चुनावका बेला हरेक वडाको एउटा मुख्य सडक (अल वेदर रोड) ब्राहै महिना चल्ने बनाउने प्रतिबद्वता अनुसार सबै पालिका र वडामा बजेट विनियोजन भएर काम भइरहेको उहाँले बताउनुभयो । धेरै बर्ष देखिको कालोपत्रे सडकको सपना अब पूरा हुने भयो भन्दै स्थानीयले खुशी व्यक्त गर्नु भयो ।

गण्डकी प्रदेश सरकारले ६५ करोड ९९ लाखमा प्रस्ताव गरेको यो सडकको ठेक्का सम्झौता ४४ करोड ४६ लाखमा भएको हो । एमएस् खड्का-नव कान्तिपुर जेभीले २०८४ असार २५ गते सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको