काठमाडौँ, शनिबार, २७ वैशाख २०८२ । काठमाडौँमा ‘राष्ट्रिय दोहोरी गीत आइडल-२०८२’ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा दोहोरी गीत आइडल हुने जानकारी गराइएको हो ।
सांस्कृतिक समाज नेपालले प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी गराइएको छ ।
आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिनुभयो । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक-एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताउनु भयो ।
राष्ट्रिय दोहोरी गीत आइडल विजेताले ३३ हजार ३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२ हजार २२२ नगद सहित स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमका सभापति सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले सांस्कृतिक समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र विशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, वरिष्ठ पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थित थियो ।
राष्ट्रिय लोक दोहोरी गीत आइडल २०८२ को मिडिया पार्टनरको रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ ।