Saturday, May 24, 2025
22.1 C
Kathmandu
Homeअन्तर्राष्ट्रियपाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

पाकिस्तान, शनिबार, १७ वैशाख २०८२ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारतविरुद्धको जवाफी कारवाहीलाई अपरेशन ‘अपरेसन बानयन मर्सस’ नाम दिइएको छ । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो ।

यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो । भारतले आतंकावादविरुद्धको लडाई भन्दै अपरेशन सिन्दूर चलाई रहेको छ ।

शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गर्नुभएको थियो । रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको