Tuesday, June 17, 2025
26.1 C
Kathmandu
Homeसंसदबिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची

बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची

काठमाडौँ, बिहीबार, १५ जेठ २०८२ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदै छ। आगामी आवको बजेट बिहीबार दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सार्वजनिक गर्दैछन् ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको