Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषगोरखा-आरुघाट सडकखण्ड पूर्णरूपमा बन्द

गोरखा-आरुघाट सडकखण्ड पूर्णरूपमा बन्द

spot_img

गोरखा, मंगलबार, २० जेठ २०८२ । गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिँदा सडक पूर्णरूपमा बन्द भएको हो ।

गोरखा सदरमुकामबाट, शहीद लखन गाउँपालिकाको मनकामना, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पुग्ने सवारीसधानहरू पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।

“उक्त सडक भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रूपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन”, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय गोरखाले समबन्धित निकायलाई निर्देशन दिइसकेकाले छिटो बन्ने अपेक्षा गरिएको छ ।”

गोरखाको मुख्य सडक भएकाले जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा जिल्लामा भएका जनप्रतिनिधी तथा विकासे कार्यालयका प्रमुखसँगको छलफलबाट जति सक्दो चाँडै बाटो खुलाएर सवारी साधनलाई आवतजावतमा सहज बनाइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

अत्यधिक मात्रामा परेको अविरल वर्षाले सडक नै भासिएर जाँदा ठुला चारपाङ्ग्रे सवारी साधनहरूलाई पूर्णरूपमा रोक लगाई सकेको साथै दुई पाङ्ग्रे सवारी साधनलाई जोखिम मोलेर यात्रा नगर्न गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आग्रह गर्नुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सुचना जारी गर्दै सडक पूर्णरूपमा नबन्दासम्म लागि सवारी आवतजावतमा पूर्णरूपमा बन्द गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षारित गरेको विज्ञप्तीमा भनिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img