Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगण्डकी गाउँपालिका पूर्णखोप पालिका घोषणा

गण्डकी गाउँपालिका पूर्णखोप पालिका घोषणा

spot_img

गोर्खा, मंगलबार, २१ जेठ २०८२ । गोरखाको गण्डकी गाउँपालिका पूर्णखोप सुनिश्च्यित एवम् दिगोपना गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिनुभयो ।

गण्डकी गाउँपाकिाको ८ वटा वडामा जन्मेदेखि १५ महिनासम्मको २६७ जना र १६ महिना देखि २३ महिनासम्मका १९७ जना बालबालिकाले पूर्णखोप लगाएसँगै गोरखा गाउँपालिका पूर्णखोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषणा भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्णखोप सुनिश्च्यित भए नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्च्यित तथा दिगोपना गाउँपालिका घोषणा गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख सुनारको भनाइ छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाई दिने गरेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्णखोप सुनिश्च्यित एवम् दिगोपन पालिका घोषणा गर्ने छ ।

खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरुभित्र १६ देखि २३ महिना सम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्णखोप सुनिश्च्यिता पालिका घोषणा गर्ने गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img