Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषगोरखाको हरमटारीचोक-घ्याम्पेसालचोक-अस्पतालमार्ग-आरुघाट सडक बन्द

गोरखाको हरमटारीचोक-घ्याम्पेसालचोक-अस्पतालमार्ग-आरुघाट सडक बन्द

spot_img

गोरखा, बुधबार, २१ जेठ २०८२ । गोरखाको हरमटारी-आरुघाट सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा नगरपालिकाले सडकमा खाल्डा खुल्डीले सवारी साधन दुर्घटना हुने सम्भावना बढेपछि गोरखा सदरमुकामको मुख्य सडक हरमटारी, घ्याम्पेसालचोक र अस्पताल मार्ग सडक अर्को सुचना नआएसम्मका लागि बन्द रहने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिकाको ५२ लाख बजेटबाट २ सय मिटर कालोपत्रे सय घनमिटर सडक ढलान नाली मर्मत गर्नुपर्ने भएकाले गोरखा सदरमुकामबाट आरुघाट, भिमसेन थापा गाउपालिका, शहीद लखन गाउँपालिका जाने मुख्य सडक भएकाले उक्त सडकबाट सवारी आवगमनमा पूर्णरूपमा बन्द गरिएकाले वैकल्पिक मार्ग खोजी गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

अत्यधिक मात्रामा सवारी साधनको चाप हुने सडक भएकाले पनि बर्खा लागेसँगै थप क्षति हुन नपाओस भन्ने उद्येश्यले सडक मर्मत सम्भार गर्न लागिएको गोरखा नगरपालिका इन्जिनियर प्रकाश ढकालको भनाइ छ ।

अहिले गोरखा सदरमुकाम देखि जिल्लाका ग्रामिण इलाकामा पुग्ने सवारी साधनहरूलाई अन्य सडक प्रयोग गरी सवारी साधन सञ्चानल गर्न गोरखा नगरपालिकाले बुधबार एक सार्वजनिक सुचना जारी गरेको गोरखा नगरपलिकाले जनाएको छ ।

केहि दिनको लागि मुख्य सडकमा सवारी साधन आवतजावतमा समस्या देखिएता पनि सडक मर्मत सम्भारले सवारीसाधनलाई सहज बनाएर यात्रा गराउने गोरखा नगरपालिकाले योजना रहेकाले सडक बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गोरखा नगरपालिका सचेत रहेको बताइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img