Tuesday, June 17, 2025
26.1 C
Kathmandu
Homeआईपीएम फलोअप२० बुँदे घोषण पत्र जारी गर्दै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय...

२० बुँदे घोषण पत्र जारी गर्दै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन’ सम्पन्न

काठमाडौँ, बुधबार, २१ जेठ २०८२ । तमू समुदायको एकमात्र छाता राष्ट्रिय संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन’ भब्यताका साथ सम्पन्न भएको छ । ‘गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिबद्धता’ तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नाराका साथ संघीय राजधानी काठमाडौँमा २०८२ जेठ १० देखि १२ गते सम्म सफलतापूर्वक सम्पन्न भएको हो ।

दुइ दिनसम्म सञ्चालन भएको बन्दशत्रमा कोषाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी, महासचिव डम्बर गुरुङले प्रस्तुत गर्नु भएको सांगठानिक प्रतिवेदन माथि प्रदेशगत समुहमा छलफल गरी सुझाव सहित सुझाव सहित सर्वसहमतिले पारित गरिएको महासचिव अधिवक्ता राजु गुरुङले जानकारी दिनुभयो ।

उक्त महाधिवेशनले आगामी ३ बर्ष कार्याकालको लागी अध्यक्षमा श्री धनमान गुरुङ र महासचिवमा अधिवक्ता राजु गुरुङ सहित ७७ जनाको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

महाधिवेशनको मुल नारा, बन्दशत्रमा सहभागीहरुबाट राख्नु भएका सल्लाह, सुझावलाई ध्यानमा राखी प्रतिवद्धता सहित २० बुँदे घोषण पत्र जारी गरिएको छ ।

१ . तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता प्रति सदा प्रतिबद्ध रहने छ ।
२ . तमू ह्युल(गुरुङ राज्य)को पहिचान पुनःस्थापनाको लागि निरन्तर आन्दोलनरत रहने छ । साथै भौगोलिक दृष्टिकोणले तमू ह्युल भन्दा बाहिर रहेका तमूहरूको पहिचान र अधिकार सुनिश्चित गर्न ती क्षेत्रहरूमा पनि तमू स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूको स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
३ . तमूहरूको मौलिक थातथलो नामको पुनस्थापना र तमूहरूको भौतिक तथा अभौतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्र्धन गर्ने अठोट गर्दै समन्वयात्मक तबरले आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
४ . तमू समुदायको प्ये ताँ ल्हु ताँको संरक्षण र संवर्धन, इतिहास, भाषा, लिपि, धर्म, संस्कृति, संस्कार, परम्परागत मूल्य र मान्यताको संरक्षण र संवर्धनका साथै पहिचानका लागि निरन्तर क्रियाशील रही अघि बढ्ने दृढ संकल्प गर्दछ ।
५ . तमू एकता आवश्यकता मात्र होइन अनिवार्यता हो भन्ने मान्यतामा आधारित रहेर यस महान् कार्यलाई साकार रूप दिनका लागि रणनीतिक तथा उच्चस्तरीय कार्यसम्पादन नीति तथा कार्यक्रमहरू तय गरिनेछ । साथै देश तथा विदेशमा स्थापित तमू संघसंस्थाहरू एवम् स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका सम्पूर्ण तमूहरूलाई एकताको मालामा गोलबन्द गर्दै लैजाने कदमलाई सुदृढ गर्दै लगिनेछ ।
६ . तमूहरूको ऐतिहासिक थलो क्होला सों प्रे ट्होलाई युनेस्को तथा राष्ट्रिय सम्पदाको सूचीमा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दैक्होला सों प्रे ट्होलाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सरकार तथा अन्य सम्बद्ध निकायहरूसँग समन्वय गर्दै ठोस रणनीति तथा कार्यक्रमहरू तय गर्ने तर्पm कदम चालिनेछ । यसका साथै तमू ह्युल भित्रका क्षेत्रहरूमा पनि अध्ययन अनुसन्धान गर्ने सोचलाई विस्तार गर्दै लगिनेछ ।
७ . भाषा आयोगबाट सिफारिस भएअनुसार प्रदेश नं. ४ मा गुरुङ (तमू क्युइ) र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न गण्डकी प्रदेश सरकारले प्रदेश संसद्द्वारा कदम चालिसकेको सन्दर्भमा तमू भाषा, खेमा लिपि तथा प्रदेशमा तमूभाषा क्रियान्वयनको लागि रणनीतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
८ . सबै लिङ्ग तथा उमेरका अपाङ्गता भएका तमू व्यक्ति, दुर्गम क्षेत्र र विपन्न वर्गको पहिचान गरी उनीहरूको शिक्षा तथा सहज जीवनयापनका लागि उचित व्यवस्थाको पहल गर्नेतर्पm आवश्यक कदमहरू चालिनेछ ।
९ . संविधानमा व्यवस्था भएअनुरूप राज्यको विभिन्न निकाय, तह र तप्कामा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पूर्ण रूपमा लागू गर्न यो महाधिवेशन जोडदार माग गर्दछ । साथै आदिवासी जनजातिहरू लगायत विभिन्न राजनीतिक संगठनसँग आबद्ध मोर्चाहरूद्वारा उठाएका अधिकारहरू जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्न राज्यलाई दबाब दिइनेछ ।
१० . वर्तमान गण्डकी प्रदेशलाई तमू ह्युल प्रदेश घोषणा गर्न माग गर्दछ ।


११ . नेपालले अनुमोदन गरिसकेको आदिवासी जनजातिका पहिचान र अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रीप) को प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१२ . सुकदेव गुरुङ, सुपति गुरुङ र श्रीपति गुरूङलाई राष्ट्रिय शहिद साथै डा. हर्क गुरुङ, झागल गुरुङ र वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गराउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ । त्यसैगरी तमू भाषाका आदिकवि हर्क बहादुर गुरुङ (साल्मे माइला)लाई राष्ट्रियस्तरमा चिनाउन र तमू समुदायलाई समाज र साहित्य क्षेत्रमा प्रेरित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
१३ . आदिवासी जनजातिहरूको आन्दोलनलाई विभेद र असमानता अन्त्यको आन्दोलनका रूपमा विकास गर्दै सबै तमूहरू समान रहेको र तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् कुनैपनि किसिमको छुवाछुत लगायत जातीय विभेदको विरुद्धमा सधैं क्रियाशीलरूपमा उभिन्छ र यस्ता जातीय विभेदको आन्दोलनमा ऐक्यबद्धता जनाउँदछ । साथै नेपालीहरूबीचको जातीय सहिष्णुता, भातृत्व र एकता अझै मजबुत बनाउन कटिबद्ध छ ।
१४ . “पहिले शिक्षा” को सिद्धान्तलाई आत्मसात् गरी प्राथमिक देखि उच्च तथा अनुसन्धान्मूलक शिक्षामा तमू विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि उचित छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । प्रत्येक एक वा दुई वर्षमा एक जनालाई तमू भाषा, संस्कृति, साहित्य, इतिहास, तथा आर्थिक तथा सामाजिक विकासमा विद्यावारिधि गर्नका लागि छात्रवृत्तिको लागि समय सापेक्ष पहल गरिने छ ।
१५ . संविधान संशोधनमार्फत आदिवासी जनजातिका मुद्धाहरू सम्बोधन गर्न आदिवासी जनजातिहरूको हक अधिकार प्राप्तिको आन्दोलनप्रति यो महाधिवेशन ऐक्यबद्धता प्रकट गर्दै पहिचान र अधिकारजस्ता साझा सवालका लागि ती आन्दोलनकारी समुदायहरूसँग सहकार्य र संयुक्त आन्दोलन गर्न प्रतिबद्धता जाहेर गर्दछ ।
१६ . आदिवासीहरूको प्रथाजन्य संस्था, परम्परागत ज्ञान, सिप र पेशाको संरक्षण, प्रवर्धन र न्यायिक प्रणालीको संवैधानिक सुनिश्चितताका लागि राज्यपक्षसँग संवाद, सहकार्य र साझा बुझाइको विकास गर्न आवश्यक पहल गरिनेछ ।
१७ . तमूहरूको परम्परागत प्रणाली तथा अभ्यासहरू जलवायु परिवर्तनका असरहरू प्रतिरोधी र थेग्ने (चभकष्ष्भिलत) प्रकारको हुने हुनाले तीबारे अध्ययन अनुसन्धान तथा प्रवर्धन गर्ने तर्पm कदम चालिनेछ ।
१८ . पुराना र नयाँ पुस्ताको विचमा समन्वय, सामन्जस्यता तथा नेतृत्व विकासका लागि नीति तथा कार्यक्रमहरू तय गरिने छ ।
१९ . तमू समुदायको नीतिगत क्षेत्रमा ठोस सहयोग पु¥याउन तथा मौलिक भाषा, संस्कृति, साहित्य, विश्वदर्शन, कला, समाजशास्त्र लगायतका विषयहरूको बारेमा अध्ययन, आन्वेशन, चिन्तन, मनन् तथा रचनात्मक कार्यहरू सञ्चालन गर्न एक तमू खेबप्ह्रीब छोंज (तमू प्रज्ञा प्रतिष्ठान)को स्थापना गरिने छ ।
२० . पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि आयोजकको निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नु हुने प्रमूख अतिथि, विशिष्ठ अतिथिहरू तथा अन्य अतिथिहरू प्रति आभार व्यक्त गर्दछौँ । त्यसैगरी व्यवस्थापकीय भूमिका निर्वाह गर्ने तमू ह्युल छाेंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय कार्य समिति, अध्यक्ष मण्डल, निर्वाचन समिति, घोषणापत्र तयारी समिति, प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, सबै भातृ, संगठनहरू, नेपाल तमू विद्यार्थी छोंज धीं, तमू कलाकार संघ, तमू सञ्चारकर्मी संघ नेपाल तथा आवद्ध सबै संघसंस्थाहरू र यो महाधिवेशन सफल पार्न नैतिक, भौतिक, आर्थिक तथा प्राविधिक सहयोग गर्नुहुने देश विदेशका सम्पूर्ण तमू संघसंस्था र व्यक्ति व्यक्तित्वहरू सबैलाई विशेष आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौ राष्ट्रिय महाधिवेशन’ को प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख सम्माननीय देवराज घिमिरेले उदघाटन गर्नु भएको थियो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा तमू (गुरुङ) समुदायको विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता र देशभरका ५६ जिल्ला, ७ वटा प्रदेश समिति, ३ वटा भातृ संस्था, २ वटा विशेष संस्था, विधान २०६५ को अनुसुची ७ संग सम्वन्धित @% वटा संस्था र अन्तर्राष्ट्रिय तमू संघसंस्थाबाट १० वटा संस्था गरी ५७० जना प्रतिनिधि र १५० जना पर्यवेक्षकहरुको सहभागीता रहेको थियो ।

महाधिवेशनलार्ई भव्यताका सम्पन्न गर्नका लागि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, प्रतिनिधि, पर्यवेक्षक, अध्यक्ष मण्डलका समिति, निर्वाचन समिति, महाधिवेशन घोषणापत्र तयार समिति, मूल व्यवस्थापन समिति विभिन्न उपसमितिहरु, भोजन दाताहरु, सहयोगदाताहरु लगायत नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्ण लाई तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले धन्यवाद ज्ञापन गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको