Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको आरुघाट गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम

गोरखाको आरुघाट गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम

spot_img

गोरखा, आइतबार, १ असार २०८२ । आरुघाट गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुमा साक्षरता कार्यक्रम शुरु भएको छ ।

प्रारम्भिक कक्षामा अध्ययनरत बालबालिकाहरुमा पढ्ने सिप र पढ्ने बानीको विकासमा सहयोग गर्ने उद्देश्यले संचालन हुने साक्षरता कार्यक्रम गाउँपालिकाका ३४ सामुदायिक विद्यालयमा सञ्चालन हुन लागिरहेको आरुघाट गाउँपालिकाको शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख करुणा पनेरुले जानकारी दिनुभयो ।

रुम टु रिड र एकिकरण नेपाल गोरखाको प्राविधिक सहयोगमा सञ्चालन हुने साक्षरता कार्यक्रम अन्तरगत कक्षा १-५ का विद्यार्थीहरुमा पढ्ने सिप र बानीको विकासमा सहयोग गर्ने गरी सञ्चालन हुनेछ ।

रुम टु रिडले साक्षरता कार्यक्रम सञ्चालन गइरहेका विद्यालय अवलोकन गर्दा कक्षा १ का विद्यार्थीहरुले नेपाली खरर पढेको र कक्षाकोठा पनि बालमैंत्री रुपमा व्यवस्थापन गरिएको साथै विद्यार्थीहरु नियमित पुस्तकालयबाट घरमा लिइ पुस्तक पढ्ने देखेर सोबाट प्रभावित साक्षरता कार्यक्रम आरुघाट गाउँपालिकामा पनि शुरुवात गरिएको समेत शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख पनेरुले बताउनु भयो ।

साक्षरता कार्यक्रम सञ्चालनका लागि रुम टु रिड र एकिकरण नेपालले प्राविधिक सहयोग गरिरहेका छन् भने आर्थिक व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । रुम टु रिडले प्राविधिक सहयोगका साथै आरुघाट गाउँपालिकाका ३४ विद्यालयलाई प्रति विद्यालय ३०० का दरले १०२०० थान बालसाहित्यका पुस्तकहरु समेत उपलब्ध गराउने जानकारी रुम टु रिडका गोरखाका प्रमुख शुसिल तिम्सिनाले जानकारी दिनुभयो ।

साक्षरता कार्यक्रम सञ्चालनका लागि ८ तत्वमा आधारित नेपाली भाषा शिक्षण सम्बन्धी चार दिने तालिम आरुघाटमा सम्पन्न भएको छ । रुम टु रिडले प्राविधिक सहयोगमा गाउँपालिकाभित्रका ६ जना शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गरी तालिम सञ्चालन गरिएको थियो । तालिम आरुघाट गाउँपालिकाको सभाहलमा जेठ २५ देखि २८ गते सम्म सञ्चालन भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img