काठमाडौँ, आइतबार, १ असार २०८२ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिएपनि बजेटमा त्यस्तो नपाएको जिकिर गर्नुभयो । उहाँले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रुपमा पाएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’ संसदको अवरोध कायम रहने जानकारी पाएको पनि बताउनु भयो ।