Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeपालिका विशेषगण्डकी प्रदेश सरकारबाट गोरखाको सिरानचोक गाउँपालिकालाई २ करोड ८३ लाख

गण्डकी प्रदेश सरकारबाट गोरखाको सिरानचोक गाउँपालिकालाई २ करोड ८३ लाख

गोरखा, शुक्रबार, ६ असार २०८२ । गोरखाको सिरानचोक गाउँपालिकाले २ करोड ८३ लाख प्राप्त गर्ने भएको छ । गाउँपालिकाले प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट समानीकरण अनुदानबाट एक करोड ८१ लाख १९ हजार सर्शत अनुदान २ लाख विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आव २०८२/०८३ को लागि जिल्लाका स्थानीय तहलाई कुल २९ करोड ३३ लाख रकम पठाइएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्तगत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा उक्त रकम पठाइएको प्रदेश सरकारले जनाएको छ ।

सशर्त, समपुरक र विशेष अनुदान भने कार्यसम्पादनका आधारमा प्राप्त हुने गर्छ । अर्थ मन्त्रालयले प्रदेशमा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान शीर्षकमा बजेट पठाइएको हो ।

गोरखा नगरपालिकाले समानीकरण अनुदान बाट ३ करोड ८ लाख ३४ हजार, शर्सत अनुदानबाट २ लाख, समपुरक अनुदानबाट १ करोड २० लाख गरी ३ करोड ७० लाख ३४ हजार प्राप्त गर्ने भएको छ । पालुङटार नगरपालिकाले समानीकरण अनुदानबाट २ करोड ४३ लाख ४५ हजार, सर्शत अनुदान बापत २ लाख, बिशेष अनुदान बापत ४० लाख, समपुरक अनुदान ६० लाख गरी कुल ३ करोड ४५ लाख ४५ हजार प्राप्त गर्ने भएको छ ।

यस्तै अजिरकोट समानीकरण अनुदानको १ करोड ४१ लाख ५३ हजार सर्शत अनुदान मार्फत २ लाख, गरी कुल १ करोड ४३ लाख २५ हजार प्राप्त गर्ने भएको छ । आरुघाट गाउँपालिकाले अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ करोड ७६ लाख प्राप्त गर्ने भएको छ । जसमा समानीकरण अनुदान बापत रु १ करोड ७४ लाख ६५ हजार, सर्शत अनुदानको २ लाख, बिशेष अनुदान बापत ४० लाख, समपुरक अनुदान ६० लाख रहेका छन् ।

गण्डकी गाउँपालिकाले रु २ करोड ३९ लाख ९८ हजार प्राप्त गर्ने भएको छ । जसमा समानीकरण अनुदानको १ करोड ७७ लाख ९८ हजार, सर्शत अनुदान २ लाख, समपुरक अनुदान ६० लाख रहेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले समानीकरण तर्फ ८८ लाख ७५ हजार, सर्शत अनुदान २ लाख, बिशेष अनुदान मर्फात ४० लाख, समपुरक अनुदान ६० लाख गरी कुल १ करोड ९० हजार ७५ हजार प्राप्त गर्नेछ ।
धार्चे गाउँपालिकाले २ करोड २१ लाख २ हजार रकम प्राप्त गर्नेछन् । जसमा समानीकरण अनुदानबाट १ करोड १९ लाख २ हजार, सर्शत अनुदान २ लाख, बिशेष अनुदान ४० लाख, समापुरक अनुदान ६० लाख प्राप्त गर्नेछ ।

यस्तै भिमसेन थापा गाउँपालिकाले २ करोड ७५ लाख २४ हजार प्राप्त गर्ने भएको छ । जसमा समानीकरण अनुदान १ करोड ७३ लाख २४ हजार, सर्शत अनुदान २ लाख, बिशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने भएको छ । सहिद लखन गाउँपालिकाले २ करोड ९९ लाख ७८ हजार प्राप्त गर्ने भएको छ । गाउँपालिकाले समानीकरण अनुदानबाट एक, करोड ९९ लाख, बिशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने भएको छ ।

सिरानचोक गाउँपालिकाले २ करोड ८३ लाख प्राप्त गर्ने भएको छ । गाउँपालिकाले प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट समानीकरण अनुदानबाट एक करोड ८१ लाख १९ हजार सर्शत अनुदान २ लाख विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने भएको छ । बारपाक सुलिकोट गाउँपालिकाले समानीकरण अनुदानबाट १ करोड ८५ लाख, सर्शत अनुदान २ लाख, बिशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख गरी कुल २ करोड ८७ लाख ६७ हजार प्राप्त गर्ने भएको छ ।

यो सँगै जिल्लाका स्थानीय तहहरुले अन्तरसरकारी वित्तीय हस्तान्तरण बाट चालु तर्फ २० करोड ७३ लाख, ३२ हजार र पुँजीगत तर्फ ८ करोड ६० लाख प्राप्त गर्ने भएको छ । यस अघि नै संघीय सरकारले स्थानीय सरकारलाई अनुदान पठाइसकेको छ । प्रदेश र संघीय सरकारले स्थानीय तहमा पूर्वाधार विकास आयोजना सञ्चालनका विभिन्न योजनामा पनि बजेट छुट्याएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको