Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeकृषिगोरखाको सिरानचोक ७ आरुबोटमा दुई सय रोपनीमा ओखर खेती

गोरखाको सिरानचोक ७ आरुबोटमा दुई सय रोपनीमा ओखर खेती

spot_img

गोरखा, शनिबार, ७ असार २०८२ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ७ आरुबोटमा अहिले २ हजार १०० बोट ओखर हुर्कदै छन् । समुन्द्री सतहबाट १ हजार ८०० मिटर उचाइमा रहेको २०० रोपनी जमिनमा स्थानीय आनन्द गुरुङ र सुरेन्द्र गुरुङले व्यावसायीक ओखर खेती गरेका हुन् । ‘प्राविधिक टोली ल्याएर अध्ययन गर्दा यहाँ ओखर खेती राम्रो हुने देखियो,’ कृषक सुरेन्द्र गुरुङले भने,‘तर हामीसँग पर्याप्त जग्गा थिएन, हाम्रो केही पुख्र्यौली जमिन थियो, केही साटाफेर गरियो र केही जमिन किनेका छौं ।’

२०७५ सालमा आरुबारी कृषि फार्म दर्ता गरेर ओखर खेती सुरु गरेको उनले बताए । बैंकबाट ऋण लिएर सुरु गरिएको फर्ममा अलिसम्म ८ करोड भन्दा बढि लगानी भइसकेको छ । ‘हामीले टर्कीबाट बिरुवा मगाएर लगाएका हौं,’ उनले भने,‘सम्भवत नेपालमा यो नै अहिले सम्मको ठूलो ओखर खेती हुनु पर्छ जस्तो हामीलाई लाग्छ ।’

सुरुको वर्ष परीक्षणका लागि लगाइएको बिरुवामा यस वर्ष फल लागिसकेको छ । ओखर खेती लगाएको ६ वर्ष पछि मात्र उत्पादन दिन सुरु गर्ने उनले बताए । ‘तलब र ज्यालादारी गरी आठ जना कामदारहरु हुनुहुन्छ,’ उनले भने, ‘एक प्राविधिक पनि राखेका छौं, उहाँले नियमित रुपमा बिरुवाको बृद्धिबिकास, औषधी, उपचार र मलखादको बारेमा हेर्ने गर्नु हुन्छ ।’ सोही अनुरुप कामदारले काम गर्ने उनले बताए । लगाइएका विरुवा मध्ये हालसम्म ८ प्रतिशत मरेका छन् ।

‘अहिलेसम्म सबै लगानी मात्र भएको छ, एउटा बिरुवाका लागि ३५ हजार लगानी भइसकेको छ,’ उनले भने, ‘सबै बिरुवाले फल दिन अझै ३÷४ वर्ष लाग्छ । त्यतिबेला सम्म रिर्सोट पनि सञ्चालनमा आउला अनि बल्ल आम्दानी लिन पाइला ।’ उत्पादन सुरु हुँदा सम्म अझै ठूलो लगानी आवश्यक पर्ने उनले बताए । ओखर प्रशोधन, भण्डारण, प्याकेजिङ र बिक्रीका लागि आवश्यक संरचना र उपकरण निर्माण एवं खरिद गर्न बाँकी रहेको गुरुङले भने ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img