Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeप्रवासदुबईमा दुईतले बस चलाउने शान्ति सम्मानित

दुबईमा दुईतले बस चलाउने शान्ति सम्मानित

दुबई, शनिबार, ७ असार २०८२ । संयुक्त असर इमिरेट्स (युएई) मा दुईतले बस चलाउने शान्ति भण्डारी सम्मानित भएकी छन् । गल्फ न्यूज र बिङसीले उक्त सम्मान गरेको हो ।

गत साता शनिबार दुबईमा आयोजित ‘एक्सलेन्स अवार्ड २०२५’ कार्यक्रममा उनलाई ‘एक्सिलेन्स इन टुरिजम–ट्रेलब्लेजर अफ द इयर २०२५’ अवार्ड प्रदान गरिएको छ ।

पाँचौं संस्करणको यो अवार्ड विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेर आफूलाई अब्बल रूपमा अगाडि ल्याएका चार सय जनाभन्दा धेरै सफल महिलाहरूबाट छानिएका ३७ जनामध्ये विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने उत्कृष्ट महिलालाई अवार्ड प्रदान गरिएको हो । ‘यो अवार्ड मेरा लागि अवार्ड मात्रै नभएर दु:ख, संघर्ष र आसुको सामना गर्दै सपना पूरा भएको क्षण हो। म यो सम्मान मेरी आमालाई समर्पण गर्छु। जसको माया र आर्शीवाद बिना म यहाँसम्म आइपुग्न सक्दिन थिएँ,’ शान्तिले भनिन्।

शान्तिले दुबई बस चलाउने काम गरेको दश वर्ष भयो । उनी सन् २०१५ मा युएई गएकी हुन् ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img