गोरखा, आइतबार, ८ असार २०८२ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गोरखाका ३० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नाराका साथ प्रतिष्ठानले आर्थिक रुपमा कमजोर, जेहेन्दर विद्यालय तहमा अध्ययनरत कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई जनही रु ८ हजार प्रदान गदै आइरहेको छ । यस वर्ष पनि बारपाक सुलिकोट, धार्चे, आरुघाट,अजिरकोट र सिरानचोक गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिएको प्रतियष्ठानका अध्यक्ष चिनकाजी गुरुङले जानकारी दिनुभयो ।
प्रतिष्ठानले २०६५ सालबाट तमु विद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको छ । हाल नेपालका २२ वटाका जिल्लामा १ हजार २७ जना विद्यार्थीहरुलाई वितरण गर्ने गरिएको उनले जानकारी दिनुभयो ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपाल अध्यक्ष चिनकाजी गुरुङको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य लोकबहादुर तमु, तमू ह्युल छोज धि का रामबहादुर गुरुङ, विद्यार्थी जेनिशा तमु लागतयले मन्तव्य राख्नु भएको थियो ।