Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषपालुङटार नगरपालिकाको बजेटमा कृषि, शिक्षा र पूर्वाधारमा जोड

पालुङटार नगरपालिकाको बजेटमा कृषि, शिक्षा र पूर्वाधारमा जोड

गोरखा, सोमबार, ९ असार २०८२ । गोरखाको पालुङटार नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि रु ८४ करोड ६१ लाख १३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाकी उपप्रमुख वन्दना पाण्डेले नगरपालिकाको १७ औं नगरसभामा शनिबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेटमा शिक्षा, पूर्वाधार विकास, कृषि उत्पादन, रोजगारी सिर्जना, सामाजिक समावेशिता, र स्वास्थ्यमा विशेष प्राथमिकता दिइएको छ ।

नगरपालिकाले घोषणा गरेको बजेटमा संघीय सरकारबाट ७२ करोड ९४ लाख, प्रदेश सरकारबाट ४ करोड ६२ लाख १३ हजार, आन्तरिक आम्दानीबाट ६ करोड ६० लाख रुपैयाँ र सडक बोर्डबाट ४५ लाख रुपैयाँ आयको स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँले आगामी आर्थिक बर्षको बजेटमा मुख्य गरि आर्थिक वृद्धि, रोजगारीको अवसर सिर्जना, आधारभूत शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, स्थानीय पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय, सुशासन, लैंगिक समानता र वातावरणीय संरक्षणमा जोड दिइएको बताउनुभयो । आधारभूत तथा माध्यामिक शिक्षातर्फ नगरपालिकाले रु ३० करोड ६२ लाख बजेट बिनियोजन गरेको छ ।

त्यस्तै, पालुङटार नगरपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने उदेश्यसहित “दुध र मासुमा आत्मनिर्भर पालुङटार” योजना अघि बढाइएको छ । नगर गौरवको योजना अन्तर्गत शीत भण्डार केन्द्र, हाटबजार, कृषि एम्बुलेन्सजस्ता कार्यक्रम सञ्चालनका लागि कृषि तर्फ रु १ करोड २५ लाख बजेट बिनियोजन गरिएको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिकाले बाँझो जमिन उपयोग गर्न भूमिबैंक स्थापना गर्ने कार्यक्रमका लागिसमेत बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । त्यस्तै नगरपालिका भित्रै रोजगारी सृजनाका लागि श्रमिक, बेरोजगार युवा र वैदेशिक रोजगारी फर्किएकालाई लक्षित गरि सीपमूलक तालिम, लघु उद्यम सञ्चालन तथा सुरक्षित आप्रवासन प्रवद्र्धनका लागि बजेट बिनियोजन गरेको छ ।

शिक्षा क्षेत्रमा सबै विद्यार्थीको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालयलाई सुदृढ गर्दै यातायात सेवा, छात्रावास, विद्यार्थीका लागि सामूहिक दुर्घटना बीमा, नगरस्तरीय परीक्षालगायत कार्यक्रमका लागि बजेटमा विशेष व्यवस्था गरिएको उहाँको भनाई छ । त्यस्तै नगरपाकिाले आगामी आर्थिक बर्षमा आधारभूत स्वास्थ्य सेवा विस्तार, स्वास्थ चौकीमा विशेषज्ञ सेवा, निःशुल्क औषधी, शववाहन, मातृशिशु पोषण कार्यक्रमजस्ता स्वास्थ्य सेवा सुदृढीकरण योजना अन्र्तगत करिब रु ९० लाख बजेट बिनियोजना गरेको छ ।

सडक, ढल, नाला, खानेपानी, सिंचाइ, सामुदायिक भवन, पर्यटन क्षेत्र प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, तटबन्ध निर्माण जस्ता भौतिक पूर्वाधार निर्माणका लागि बजेटमा प्राथामिकता दिइएको छ । महिला, दलित, अपाङ्ग, एकल महिला, ज्येष्ठ नागरिकलगायत लक्षित वर्गका लागि ७२ लाख बजेट बिनियोजन गरिएको छ ।

एक वडा, एक खेलमैदान, खुला व्यायामशाला, कलाकार प्रोत्साहनलगायतका कार्यक्रमका लागि पनि बजेटमा व्यवस्था गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको आन्तरिक आयबृद्धिका लागि कर प्रणालीमा सुधार गर्ने घोषणा नगरपालिकाले गरेको छ । सार्वजनिक सेवाको प्रवाहमा सुधार ल्याउन डिजिटल प्रणाली, कर्मचारी मूल्याङ्कन, शून्य बेरुजु अभियानजस्ता सुधारका कार्यक्रमका लागि बजेटमा व्यवस्था गरिएको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img