Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषगोरखाको भीमसेनथापा गाउँपालिकाको बजेट ६१ करोड ३२ लाख, कृषि उत्पादन बृद्धिमा जोड

गोरखाको भीमसेनथापा गाउँपालिकाको बजेट ६१ करोड ३२ लाख, कृषि उत्पादन बृद्धिमा जोड

गोरखा, मंगलबार, १० असार २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६१ करोड ३२ लाख रहेका छ । सोमबार भएको गाउँसभाको १६ औँ अधिवेशनमा पालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले उक्त बजेट प्रस्तुत गरेकी हुन् । यस्तै, पालिकाका प्रमुख लोक प्रसाद बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आगामि आर्थिक वर्षदेखि पालिकाले जाँड, रक्सी, वाइन जस्ता घरेलु मदिराको स्तर निर्धारण (लेभलिङ) गरी ब्राण्डिङ तथा बजारीकरण गर्ने नीति तय गरेको छ । साथै, घरेलु मदिरा उत्पादनका लागी आवश्यक कोदो खेतीलाई प्रोत्साहन गर्ने गरी उत्पादनका आधारमा अनुदान दिने नीति पालिकाको छ । कृषि उत्पादन बृद्धिका लागी मोबाइल घुम्ति शिविरबाट माटो परिक्षण गर्ने व्यवस्था मिलाउने नीति पालिकाको छ ।

यस्तै, ‘एक वडा एक उत्पादन पकेट क्षेत्र’ कार्यक्रम लागु गरी कार्यक्रमको विकास तथा बिस्तार गर्ने योजना पालिकाको छ । गाउँपालिकाभित्र विषादीको प्रयोग न्युनिकरण गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने पालिकाको योजना छ । आगामी वर्ष भौगोलिक हावापानी र माटो सुहाउँदो तरकारी बाली, फलफुल, खाद्यन्न, नगदे बाली प्रवद्र्धन कार्यक्रममा विशेष प्राथमिकता दिइने उल्लेख छ ।

कृषि क्षेत्रको विकासका लागी ‘कृषकको कारीमै कृषि प्रविधि’, ‘एक घर, एक मौरी कार्यक्रम’ जस्ता विभिन्न नारासहितको कार्यक्रमहरु संचालन गर्ने उदेश्य पालिकाको छ । यस्तै, कृषि उपज संकलन केन्द्र, हाटबजार, कृषि भण्डारण र शीत भण्डारण निर्माण तथा संचालन गर्ने, आगामी चार वर्षमा पालिकालाई फलफुल, तरकारी र खाद्यन्नमा आत्मर्निभर बनाउने, पालिका स्तरीय नर्सरी स्थापना गर्ने र महिलामैत्री कृषि उपकरण प्रयोगमा ल्याई महिलाहरुलाई कृषिमार्फत आर्थिक सशक्तिकरणमा लगिने नीति पालिकाले ल्याएको छ ।

पशुहरुमा लाग्ने विभिन्न रोगको नियन्त्रण र रोकथामका लागी आवश्यक व्यवस्था मिलाउने नीति पालिकाको छ । समूहगत वा एकल पशुपालन गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, पशुजन्य उत्पादनमा आधारित अनुदान योजना कार्यन्वयन गर्ने र बाख्रा तथा भैँसीको पकेट क्षेत्र निर्माण गरी आवश्यक माउ, प्रविधि र व्याडको व्यवस्था गर्ने योजना पालिकाको छ । साथै, गाउँपालिकामा मध्यपहाडी लोकमार्ग दुग्ध कोरिडोरको रुपमा र सिँगै पालिकालाई बाख्रा पकेटको रुपमा विकास गर्ने पालिकाको नीति तथा कार्यक्रममा भनिएको छ ।

पालिकाभित्रको सम्भाव्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको वृहत्तर एवं एकीकृत विकासको वृत्तचित्र तयार गर्ने बताइएको छ । गाउँमा होमस्टे प्रवद्र्धन गरी युवालाई सामुदायिक पर्यटनमा आकर्षित गरी आर्थिक विकास र मौलिक संस्कृति संरक्षणमा जोड दिने लक्ष्य पालिकाको छ । एक वडा एक पर्यटकीय स्थल र अन्तरवडा पर्यटकीय सञ्जालको विकास गर्ने बताइएको छ ।

कृषि योग्य जमिनमा प्लटिङ गरी आवास निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागी आवश्यक नीति बनाउने र सहकारी संस्थाको सुरक्षाका लागी गाउँपालिकाबाट नै सुरक्षा नीति बनाई लागू गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका अन्तरगतका विद्यालयहरुमा स्वच्छ खानेपानीको व्यवस्था, प्लाष्टिक तथा जंक फुड पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा अपाङ्गता तथा बालमैत्री विद्यालय निर्माण तथा एक विद्यालय एक बगैँचा र करेसाबारी कार्यक्रमलाई निरन्तरता दिने नीति पालिकाको छ । पालिकाले आगामी आव मेघा विद्यालय गर्न विद्यालय नक्साङ्कन, विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यक्रमलाई कायम गर्ने योजना पालिकाको छ । शिक्षामा झिकाउ, सिकाउ, टिकाउ र बिकाउको नीति पालिकाको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img