Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषगोरखाको शहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा, ५९ करोड ८२ लाख बजेट विनियोजन

गोरखाको शहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा, ५९ करोड ८२ लाख बजेट विनियोजन

गोरखा, मंगलबार, १० असार २०८२ । गोरखाको शहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।

उक्त गाउँपालिकाले कृषि, पशुपन्छी विकास, सहकारी, ऐतिहासिक र साँस्कृतिक क्षेत्रहरुको विकास तथा पर्यटन विकास, आन्तरीक रोजगारी प्रबद्र्धन, बैदेशिक रोजगार, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुदको विकासको नीति लिएको छ । त्यस्तै राजश्व सम्बन्धी, भवन, उपभोक्ता समिति सम्बन्धी, विकास, विद्युतीकरण, सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता, न्यायिक सम्पादन, वन वातावरण तथा विपद्ध व्यवस्थापन सम्बन्धि, सुचना प्रविधि, सुशासन तथा संस्थागत विकास, खनिज, जलस्रोत, खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कुराहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र राजस्व बाँडफाँडमार्फत रु ५७ करोड ४५ लाख ७ हजार १ सय ९२ रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अनुमानित बजेट गाउँसभामा पेस गरेकी हुन् । जसमध्ये करिब २२ प्रतिशत पुँजीगत र ७८ प्रतिशत चालू खर्च रहने अनुमान गरिएको उनले बताइन् । जसमा आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दर्ता दस्तुर, सवारी साधन कर लगायतका शीर्षकहरूमा रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२, संघीय समानीकरण अनुदानबाट रु १४ करोड १६ लाख, संघीय सशर्त अनुदान चालु रु २४ करोड ९८ लाख, संघीय सशर्त अनुदान पँुजीगत रु २१ लाख, संघीय विशेष पुँजीगत अनुदान रु १ करोड ६ लाख, संघीय समपूरक अनुदान पुँजीगत रु ८७ लाख प्राप्त हुने अनुमान रहेको उनले बताइन् ।

गण्डकी प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान तर्फ रु १ करोड ९९ लाख ७८ हजार, प्रदेश समपूरक अनुदान पुँजीगतमा रु ६० लाख र प्रदेश विशेष अनुदानमा रु ४० लाख गरी प्रदेशबाट रु २ करोड ९९ लाख ७८ हजार प्राप्त हुने अनुमान गाउँपालिकाको छ ।

विषयक्षेत्रगत विनियोजन तर्फ २.४ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा, १०.४ प्रतिशत रकम सामाजिक विकास क्षेत्रमा, १४.२ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा, २.७ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ९वन वातावरण तथा विपद् व्यवस्थापन समेत०, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ९तलब भत्ता समेत० १८.६ प्रतिशत, सशर्त र विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयनका लागि ५१.७ प्रतिशत रकम विनियोजन गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान विवरण: राजस्व बाँडफाँड (मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, रोयल्टी आदि): रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२

संघीय समानीकरण अनुदान: रु १४ करोड १६ लाख

संघीय सशर्त अनुदान (चालु): रु २४ करोड ९८ लाख

संघीय सशर्त अनुदान (पूँजीगत): रु २१ लाख

संघीय विशेष पूँजीगत अनुदान: रु १ करोड ६ लाख

संघीय समपूरक अनुदान (पूँजीगत): रु ८७ लाख

प्रदेश सरकारबाट प्राप्त अनुदान: प्रदेश समानीकरण अनुदान: रु १ करोड ९९ लाख ७८ हजार

प्रदेश समपूरक अनुदान (पूँजीगत): रु ६० लाख

प्रदेश विशेष अनुदान: रु ४० लाख

गत वर्षको नगद मौज्दात र जनसहभागिता समेत समेटेर बजेट तयार गरिएको हो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले कम रहेको छ । खर्चको विवरण: कुल बजेटमध्ये २२ प्रतिशत पूँजीगत खर्च र ७८ प्रतिशत चालु खर्चमा विनियोजन गरिएको छ ।

विषयगत विनियोजन यस प्रकार रहेको छ:

आर्थिक विकास: २.४ प्रतिशत

सामाजिक विकास: १०.४ प्रतिशत

पूर्वाधार विकास: १४.२ प्रतिशत

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (वन, वातावरण, विपद् व्यवस्थापन): २.७ प्रतिशत

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: १८.६ प्रतिशत

सशर्त र विशेष अनुदान अन्तर्गतका योजनाहरू: ५१.७ प्रतिशत गाउँपालिकाका अध्यक्ष रमेश थापाले बजेटले स्थानीय आवश्यकता र प्राथमिकतालाई समेट्ने प्रयास गरिएको बताए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img