गोरखा, बिहीबार, १२ असार २०८२ । गोरखाको धार्चे गाउँपालिकाले आर्थिक वर्षका २०८२/०८३ का लागि कुल ४७ करोड ९५ लाख ७० लाख ६९१ रुपैयाँको बजेट ल्याएका छन् । मंगलबार भएको १८ औं गाउँसभामा उपाध्यक्ष सुनिला गुरुङले बजेट पेश गरेकी हुन् ।
गाउँपालिकाले संघीय सरकार समानीकरण अनुदानबाट १० करोड ६० लाख, सशर्त चालु अनुदान बापत १९ करोड ७७ लाख, सशर्त पुँजीगत ६ लाख, समपुरक पुँजीगत अनुदान २२ लाख, बिशेष अनुदान १ करोड ५० लाख र राजस्व बाँडफाँडबाट १० करोड २६ लाख ३ हजार ६९१ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार अन्र्तगत समानीकरण अनुदानबाट १ करोड १९ लाख २ हजार, सर्शत अनुदान २ लाख, बिशेष अनुदान ४० लाख, समापुरक अनुदान ६० लाख राजस्व बाँडफाँड १ करोड १३ लाख ६५ हजार, बैक मौज्दात ३ करोड ५० लाख र आन्तरिक स्रोतबाट ७० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
बजेट पेश गर्नु अघि अध्यक्ष लक्ष्मण गुरुङले नीति तथा कार्यक्रम पेस गरेका थिए । गाउँपालिकाले विद्यालय क्षेत्र देखि १०० मिटर सम्म सूर्तिजन्य तथा मादक पर्दाथको विक्री वितरण रोक लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्षले शिक्षा, स्वास्थ्य, सामाजिक तथा भौतिक विकास, महिला, यूवा तथा खेलकुद लागयत क्षेत्रमा जोड दिएको छ ।
प्रत्येक विद्यार्थीको वर्षमा एक पटक स्वास्थ्य जाँच गर्ने, विद्यालयको स्रोत तथा साधनको आधारमा विद्यालय लाई वर्गिकरण गर्ने, गाउँपालिका विकट ठाउँहरुको गर्भवती, सुत्केरीहरुको जीवन रक्षाको लागि एयर रेस्क्युको प्रबन्ध गर्ने आगामी नीति तथा कार्यक्रममा लागु छ ।
गाउँपालिका भित्र रहेका भाषा, धर्म, संस्कृती कला आदिको संरक्षण र सम्बद्र्धन गर्ने, सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने, वडा नं. १ को दाम्चेत बस्ती र वडा नं. ३ को लाक्पाल बस्तीलाई आगामी वर्ष भित्र सुरक्षित स्थानमा सार्ने, धार्चे गाउँपालिकालाई आर्गनिक धार्चे घोषण गरी रसायनिक मलको आयतलाई निषेध गर्ने, गाँजा खेती, रेशम खेति कफी खेति, कफि खेति सम्भायता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अजिरकोट गाउँपालिकाले भने बजेट उपलब्ध हुन सकेन । उपलब्ध भएपछि सो बारेमा पनि लेखिनेछ ।