Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeपालिका विशेषसिरानचोक गाउँपालिकाको कुल बजेटको जम्मा ५३.७९ प्रतिशत मात्रै खर्च

सिरानचोक गाउँपालिकाको कुल बजेटको जम्मा ५३.७९ प्रतिशत मात्रै खर्च

गोरखा, शुक्रबार, १३ असार २०८२ । सिरानचोक गाउँपालिकाको पनि कुल बजेटको जम्मा ५३.७९ प्रतिशत मात्रै खर्च भएको पालिकाको तथ्याङ्कमा उल्लेख छ । पालिकाको कुल बजेट ७२ करोड ५५ लाख ५६ हजार रहेको थियो । चालुतर्फ विनियोजत ४४ करोड ८५ लाख बजेट मध्य ३१ करोड ५२ लाख ९७ हजार खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद अर्यालले बताए । यस्तै पूजीँगत तर्फको २७ करोड ७० लाख ५६ हजार बजेटमा २७.०७ प्रतिशत खर्च भएको उनले बताए ।

जिल्लाका स्थानीय तहहरुको आर्थिक प्रगति यो बर्ष पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा कुनै पनि पालिकाको आर्थिक प्रगति ७७ प्रतिशतभन्दा माथि छैन । सबैभन्दा कम चुमनुव्री गाउँपालिकाको आर्थिक प्रगति ४० प्रतिशत मात्रै छ ।

पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार यो बर्षको कुल बजेट ४२ करोड २० लाख ९६ हजार रहेको थियो । जसमा पुजीँगत तर्फको १६ करोड ४३ लाखमध्ये ३ करोड २२ लाख अर्थात २० प्रतिशत मात्र खर्च भएको उनले बताए । चालु तर्फको २५ करोड ३७ लाख ५६ हजार मध्ये १३ करोड ५ लाख १७ हजार अर्थात ६० प्रतिशत खर्च भएको उनले जानकारी दिए । पूजीँगत तर्फ पालिका भवन निर्माणको लागि बजेट छुट्टयाइएको थियो । तर भौतिक प्रगति हुन नसक्दा रकम खर्च गर्न नसकिएको र प्रगति कम देखिएको लामिछानेले बताए ।

त्यस्तै गोरखा नगरपालिको १ अर्व ३ करोड ४८ लाख ५३ हजार कुल बजेट रहेको थियो । जस मध्य ५५ करोड ४४ लाख ६२ हजार खर्च भएको नगरपालिकाका लेखा अधिकृत दिपेन्द्र अर्यालले बताए । उनका अनुसार कुल बजेटको जम्म ५३.५७ प्रतिशत मात्रै खर्च भएको हो । नगरपालिकाले चालु तर्फ ६८ करोड २२ लाख ९५ हजार विनियोजन गरेकोमा ४४ करोड ९३ लाख खर्च भएको उनले बताए । यसैगरी पुजीँगत तर्फ ३५ करोड २५ लाख बजेट मध्य हालसम्म १० करोड ५१ लाख मात्रै खर्च भएको छ ।

पालुङटार नगरपालिकाको कुल बजेटको ५८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत कमानसिंह मगरले जानकारी दिए । जसमा पुजीँगत तर्फ ५१ प्रतिशत खर्च भएको छ भने चाचलु तर्फ ६२ प्रतिशत खर्च भएको नगरापलिकाके तथ्याङकमा उल्लेख छ । नगरापलिकाले आ.व २०८१÷०८२ का लागि ८३ करोड २८ लाख बजेट विनियोजन गरिएको थियो ।

धार्चे गाउँपालिकाको कुल बजेट ५० करोड ८० लाख ९ हजार रहेको थियो । कुल बजेटको ६०.८६ प्रतिशत आर्थिक खर्च भएको प्रमुख प्रशासकिय अधिकृत काजिमान सुनारले जानकारी दिए । पालिकाले चालू तर्फ ३२ करोड ४२ लाख बजेट विनियोजन गरेकोमा २२ करोड ५२ लाख खर्च भएको उनले बताए । पूँजीगततर्फ १८ करोड ३८ लाखमा ८ करोड ३९ लाख ८५ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

आरुघाट गाउँपालिकाको कुल बजेट ५९ करोड ९७ लाख ९२ हजार को ६८.२१ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । चालु तर्फ ८०.९८ प्रतिशत खर्च भएको छ भने पुजीँगत तर्फ ३७.५३ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

शहिद लखन गाउँपालिको कुल बजेट ६३ करोड ३८ लाखको ७० प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले बताए । जसमा चालु तर्फ ४७ करोड ९२ लाख बजेटमा ५९.१७ प्रतिशत खर्च भएको उनले बताए । पुजीँगत तर्फ १५ करोड ४६ लाखमा ९ करोड १५ लाख खर्च भएको उनले जानकारी दिए ।

बारपाक सुलिकोट गाउँपालिको कुल बजेट ५ करोड ४९ लाख ३७ हजार रहेको थियो । कुल बजेटको ७३.०९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत सुवास आलेले जानकारी दिए । यता चालु तर्फ ४९ करोड ९४ लाख ९७ हजार विनियोजन गरेकोमा ३९ करोड ३ लाख खर्च भएको उनले बताए । त्यस्तै पुजीँगत तर्फ १४ करोड ५२ लाख ४० हजार बजेटमा ८ करोड ८४ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गण्डकी गाउँपालिकाको कुल बजेटको सबै भन्दा धेरै आर्थिक प्रगति गरेको छ । पालिकाको कुल बजेट ६४ करोड २० लाख रहेको थियो । जसको ७७.५८ प्रतिशत खर्च भएको पालिकाले जनाएको छ । पालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार चालु तर्फ ८०.९५ प्रतिशत खर्च भएको छ । पुजीँगत तर्फ ७०.५८ खर्च गरिएको छ । बाँकी पालिकाको भने तथ्याङक उपलब्ध गराउन सकेनन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको