Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeकृषिगोरखामा जडिबुटी व्यबसायिक तालिम सम्पन्न

गोरखामा जडिबुटी व्यबसायिक तालिम सम्पन्न

गोरखा, १५ असार २०८२ । गोरखामा जडिबुटी व्यबसायिक तालिम सम्पन्न भएको वडाध्यक्ष मित्रा परियारले बताइन् । गतवर्ष जडिबुटी सम्बन्धी तालिम दिएको थियो । यो वर्ष भने उक्त पहिचान गरिएको जडिबुटी व्यवसायिक रुपमा उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले तालिम दिएको वडाध्यक्ष परियारले बताइन् ।

गाेरखा नगरपालिका वडा नं १३ को आयोजनामा उक्त तालिम भएको हो । आर्थिक वर्ष ०८१/८२काे विनियोजित बजेटबाट २ दिने जडिबुटी व्यबसायिक तालिम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

उक्त तालिममा गाेरखा नगरपालिका आयुर्वेद शाखा प्रमुख कविराज जीवन कुमार श्रेष्ठ, जिल्ला वन कार्यालयबाट विनोद गायक ,गण्डकी प्रदेश अस्पताल गाेरखाका आयुर्वेद डा.अधिस थापा, गाेरखा जिल्ला आयुर्वेद कम्पनीका जीवन रेग्मि, साेलुसन हर्बल कम्पनीका ईश्वर सिलवाल प्रशिक्षककाे रुपमा रहनु भएको थियो । तालिममा ५४ जनाको सहभागिता रहेको थियो ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img