Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeसंसदप्रतिनिधिसभाबाट संघीय निजामती विधेयक पारित

प्रतिनिधिसभाबाट संघीय निजामती विधेयक पारित

काठमाडौँ, आइतबार, १५ असार २०८२ । प्रतिनिधिसभाबाट संघीय निजामती विधेयक पारित भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । प्रतिनिधिसभाले पारित गरेको यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ ।

राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको