Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeप्रदेश विशेषगोरखामा १३ प्रतिशत रोपाइँ सम्पन्न

गोरखामा १३ प्रतिशत रोपाइँ सम्पन्न

गोरखा, सोमबार, १६ असार २०८२ । गोरखामा जम्मा १३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पानी नपर्दा अधिकांश किसानका खेतहरु बाँझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत साल असार १५ गते गोरखामा २० प्रतिशत रोपाइँ भएकोमा अहिले सुख्खा खडेरीले रोपाइँमा ढिला भएको उहाँले बताउनुभयो । जम्मा १३ प्रतिशत मात्र रोपाइँ भएकाले किसानहरु रोपाइँ सोचे जस्तो नहुने हो कि भन्नेमा पुगेका छन् ।

गोरखाका मुख्य मुख्य फाँटहरुमा रोपाइँको तयारी गरिएता पनि वर्षात नहुँदा किसानहरु मर्कामा परेका छन् । अझै पनि वर्षा हुने हो भने गोरखामा लगभग ९५ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा दश हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएकाले पानी नपर्दा गोरखाका फाँटहरुमा रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख बुढाथोकीको भनाइ छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको