Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeबैंक/बित्तियग्लोबल आइएमईको ‘धानखेती कर्जा’

ग्लोबल आइएमईको ‘धानखेती कर्जा’

काठमाडौँ, सोमबार, १६ असार २०८२ । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसका अवसरमा धानखेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धानखेती कर्जा सार्वजनिक गरिएको जनाएको छ ।

योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न बैंकबाट २० लाखसम्म कर्जा पाउनेछन् । खेतीयोग्य जमिन सदुपयोग गर्न धानखेती गरी कृषकको आम्दानी बढाई कृषि पेशा मर्यादित र व्यावसायिक बनाई कृषकलाई प्रोत्साहन गर्न कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । साथै धान दिवसका अवसरमा बैंकले टोखा नगरपालिका १, राधा कृष्ण मन्दिरनजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ आयोजना गरेको छ ।

रोपाइँ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यसप्रकारका कार्यक्रमहरू आयोजना गर्ने गरेको बताउनुभयो । बैंकले आजै सार्वजनिक गरेको धानखेती कर्जाले पनि कृषकलाई धानखेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको