ललितपुर, सोमबार, १६ असार २०८२ । ललितपुर महानगरपालिका वडा नं ५ का ज्येष्ठ नागरिकलाई औषधि निःशुल्क वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका दिर्घ रोगीहरू तथा जेष्ठ नागरिकहरुलाई औषधी वितरण गरिएको वडा अध्यक्ष बिकास मान श्रेष्ठले जानकारी दिनुभयो ।
साथै, यस वडा कार्यालयले शिक्षा, स्वास्थ्य र सामाजिका कार्यमा निरन्तर सहायोग गर्दै आइरहेको बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएका ५ नं का ज्येष्ठ नागरिकहरुले औषधिको सेवन गर्न नसकी बिरामी भएर बस्न नपरोस भन्ने उदेश्यका साथ केही हदसम्म बहेपानी सहज होस् भनी औषधि वितरण गर्दै आएको बताउनु भयो ।
जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई रोग प्रतिरोधी औषधि वितरण गरिएकोमा वडाका ज्येष्ठ नागरिक खुशी देखिएका छन् ।