Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeशिक्षाआरुघाट गाउँपालिकाले नि:शुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने

आरुघाट गाउँपालिकाले नि:शुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने

गोरखा, बुधबार, १८ असार २०८२ । गोरखाको आरुघाट गाउँपालिकाले नि:शुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने भएको छ । ग्रेडबृद्धि परीक्षाको तयारी कक्षा पालिकास्थित भिमोदय माविमा संचालन हुने अरुघाटका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताउनु भयो ।

पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा संचालन गर्न लागेको हो । २०८१ को एसईई परीक्षामा अनुत्तीर्ण भएका पालिकाभित्रका सबै विद्यार्थीहरुलाई लक्षित गरेर नि:शुल्क कक्षा संचालन गरिएको हो । ‘नि:शुल्क कक्षा लिन इच्छुक विद्यार्थीहरुले पालिकाको वेवसाइट र फेसबुकमा राखेको निवेदन ढाँचामा निवेदन पेश गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

आरुघाट गाउँपालिकाको यो वर्षको एसईई नतिजा ३६.६९ प्रतिशत रहेको छ । पालिकाअन्तरगतका १४ विद्यालयहरुबाट ३५७ जनाले एसईई दिएकोमा जम्मा १३१ जनाले मात्र एसईई परीक्षा उत्तीर्ण गरेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको