Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeविज्ञान प्रबिधिएनसेलका नयाँ नम्बर अब ९७१ बाट सुरु हुने

एनसेलका नयाँ नम्बर अब ९७१ बाट सुरु हुने

spot_img

काठमाडौँ, बुधबार, १८ असार २०८२ । निजी टेलिकम कम्पनी एनसेलले अब ग्राहकलाई ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । कम्पनीले साउनको दोस्रो साताभित्रै नयाँ सिमहरूको वितरण थाल्ने तयारी थालेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत १४ जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति दिएको थियो । यसअघि प्रयोगमा आएका ९८०, ९८१, ९८२, ९७० रेन्जमा नम्बरहरू अपुग भएकोले कम्पनीलाई नयाँ नम्बर रेन्ज उपलब्ध गराइएको हो ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ एलोकेसन प्लान) को नियम अनुरूप जारी भएको हो ।

दूरसञ्चार सेवा बाहेक वन टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरू साइन अप गर्न, डिजिटल कारोबार लगायतका महत्त्वपूर्ण प्रयोजनमा मोबाइल नम्बरको ठुलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यालय, बैँक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्ज हाल सञ्चालनमा रहेका अन्य रेन्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्टिग्रेट/अपडेट गर्न समेत अनुरोध गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img