गोरखा, बुधबार, १८ असार २०८२ । गोरखाको शहिद लखन गाउँपलिकाले कक्षा १० (एसईई) र अधारभूत तह परिक्षा (बिईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकाले एसईई तर्फ ७ जना र बिईई तर्फ ३ जना बिद्यार्थीलाई पुरस्कृत गरेको हो ।
एसईईमा शहिद स्मृति माविका सागर श्रेष्ठले ३.९२ जिपिए प्राप्त गरेका थिए । उनलाई चालिस हजार नगद पुरस्कार दिइएको छ । जनशक्ति माविका सन्देश लामिछाने, रामेश्वरी माविकी कृषा वाग्ले र हिमालय माविका सन्दिप बसेलले ३.८५ जिपिए प्राप्त गरेका छन् । उनीहरुले जनही नगद ३० हजार प्राप्त गरेका छन् ।
यसैगरी सिंजाली माविका सलिन श्रेष्ठ र भगवती हिमालय माविकी एलिना थापा मगरले ३.७३ जिपिए र शहिद स्मृति माविकी रुस्मा श्रेष्ठले ३.७ जिपिए ल्याएका छन् । उनीहरुले नगद २०/२० हजार प्राप्त गरेको पालिकाले जनाएको छ ।
बिईईतर्फ भगवती हिमालय माविका विधान श्रेष्ठले ३.६८, शहिद स्मृति माविकी रेस्मा गुरुङले ३.६४ र जलदेवि माविकी सृष्टि थापा मगरले ३.६२ जिपिए ल्याएका छन् । उनीहरुले नगद २/२ हजार प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले एक कार्यक्रमकाबीच उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।
पालिकाले गत चैत ८ गते एक सूचना जारी गर्दै एसईई तर्फ जिपिएको आधारमा १० देखि ५० हजारसम्म र बिईईतर्फ २ देखि १० हजारसम्मको पुरस्कार दिने घोषण गरेको थियो । सामुदायिक तथा सरकारी विद्यालयमा विद्यार्थीको पढाई स्तर सुधार गर्नका लागि पुरस्कार वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले बताउनु भयो ।
अभिभावक तथा विद्यार्थीको सामुदायीक विद्यालय तर्फ आर्कषण बढाउने कार्यक्रमको उदेश्य रहेको उनले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत मगर, वडाध्यक्षहरु, विद्यालयका प्रअ, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।