ललितपुर, शनिबार, २१ असार २०८२ । ललितपुर महानगरपालिका वडा नं. ५ मा अपांगमैत्री वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले अक्सब्रिज कलेजदेखि महालक्ष्मी मन्दिर हुँदै चक्रपथसम्मको पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ ।
सो पदमार्गलाई ह्वीलचियर, दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिहरू सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले अपांगमैत्री संरचना अनुसार निर्माण गरिएको ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिकासमान श्रेष्ठले बताउनु भयो ।
साथै, उहाँले समान पहुँच, समावेशी पूर्वाधार र मानवमैत्री शहर निर्माणतर्फ ललितपुर महानगरपालिकाको यो पहलले सम्पूर्ण समुदायलाई सुविधा दिने अपेक्षा गरिएको बताउनु भयो ।