Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeसाहित्यविद्यार्थीको सिर्जनात्मकता प्रदर्शनी

विद्यार्थीको सिर्जनात्मकता प्रदर्शनी

spot_img

काठमाडौँ, शनिबार, २१ असार २०८२ । काठमाडौं महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित ‘शिक्षामा सीप कार्यक्रम’ अन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ मोड्युलअन्तर्गत भएको कला प्रदर्शनी असार १३ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको छ ।

महानगरअन्तर्गतका ४६ विद्यालयका १३ सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रमको समापन समारोहमा उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले विद्यार्थीहरूमा उल्लेख्य प्रगति देखिएको भन्दै कला सिकाइको गति निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सीप र शिक्षाको समन्वयले सिर्जनात्मक अभिव्यक्तिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सदस्य-सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्यक्रमले भविष्यका कलाकार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जिकिर गर्नुभयो ।

कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले कला सिकाइ समाजको प्रतिबिम्ब हो भन्ने सन्देश दिन्छ भन्दै यो प्रक्रियाले सिकाइसँगै मानसिक सन्तुलन (थेरापी) मा पनि मद्दत गर्ने उल्लेख गर्नुभयो । प्रदर्शनीमा प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । साथमा प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूको संयुक्त ‘एकता’ कला प्रदर्शनीसमेत सम्पन्न भएको हो । प्रशिक्षकहरूले आफैंले सिर्जना गरेका कलाकृति पनि उक्त प्रदर्शनीमा समावेश थिए ।

प्रदर्शनीमा काठमाडौं महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मावि, श्रम राष्ट्रिय मावि, बाल व्यवसायी केन्द्र मावि, शिवपुरी मावि, शान्ति विद्यागृह मावि, बाँसबारी मावि, महेन्द्र राष्ट्रिय मावि, धुम्रबराह मावि, टंगाल मावि, नन्दी मावि, पद्मोदय मावि, शहीद शुक्र मावि, पद्मकन्या विद्याश्रम मावि, विजय स्मारक मावि, भानु मावि, संस्कृत मावि, रत्नराज्य मावि, महेन्द्र बौद्ध मावि, नवजागृति मावि, जनकल्याण मावि, ज्ञानोदय मावि, जनप्रभात मावि, नीलबाराही मावि, कुलेश्वर मावि, जनविकास मावि, जनपथ मावि, शान्ति निकुञ्ज मावि, नेपाल आदर्श मावि, बाल सेवा मावि, विश्व निकेतन मावि, गुहृयेश्वरी मावि, सरस्वती निकेतन मावि, कन्या मन्दिर मावि, शान्ति शिक्षा मन्दिर मावि, गीतामाता मावि, शारदा मावि, भीमसेनगोला मावि, शीतला मावि, सिद्धिगणेश मावि, तरुण मावि, श्री जुद्धोदय मावि, नेपाल युवक मावि, जनजागृति ज्ञानरश्मि मावि, श्री सिद्धेश्वर मावि, कोटेश्वर सरस्वती मावि, गुहृयेश्वरी माविका विद्यार्थीले सिर्जना गर्नुभएको कलाकृतिहरू राखिएका थिए ।

प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूमा केशवराज खनाल, जया शर्मा, रिता मानन्धर, मुना भडेल, मनरा प्रजापती, प्रद्युम्न श्रेष्ठ, यशसचन्द्र अर्याल, लीलाधर केसी, विनोदकुमार गुप्ता, भीम सुब्बा तामाङ (बाबु साइला), ध्रुवराज शर्मा, लक्ष्मी मास्के (पुनम), उमा खड्का, विनोद लिम्बू, किशोर नकर्मी, दीपक कुँवर, सुदन थापा मगर, करिमा जोशी, कान्छाकाजी भासिमा, रोनिसा श्रेष्ठ, आशिष थापा, सानुराज डंगोल, भुफान लिम्बू, चन्द्रा श्रेष्ठ, न्हुजः श्रेष्ठ, अश्मा राई, उजेम मानन्धर, श्रेया दुवाल, सुजनवीर बज्राचार्य, सुस्मिता मिजार, चित्र मगर, सिकेन्दर चौधरी, इन्केश घर्ती, संघमित्रा बज्राचार्य, अग्रिम राई, सुजिता चौधरी, उषिना महर्जन, दीपा खनाल, सुयोग महर्जन, जेनी घले, प्रितम थापा, झरना राई, रोजन खड्का, रविन्द्र खनियाँ, रीति महर्जन, करुणा श्रेष्ठ, सरिना लामिछाने, सुस्मिता मोक्तान, सरला नकर्मी, प्रतिभा चौधरी, शरद दर्शनधारी, सुरज श्रेष्ठ, आशामाया लामा, कमला खड्का, सुशीला मोक्तान, रितु थापा, रतिना बज्राचार्य, दीपक आउजी, कार्मा टासी गुरुङ, गंगा वस्ती, रोजेन मुनिकार, टेकबहादुर केप्छाकी मगर, सुमित्रा बराल, पूजा महर्जन, रोहित महर्जन, लक्ष्मीप्रसाद खोटेजा, सर्जु कपाली, जुनु तामाङ, मीना महर्जन, मनिषा डंगोललगायत रहनुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img