Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeप्रदेश विशेषसुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुस्लिम अयोगका पदाधिकारीबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुस्लिम अयोगका पदाधिकारीबीच भेटवार्ता

ललितपुर, आइतबार, २२ असार २०८२ । ललितपुरको जाउलाखेलमा रहेको मुस्लिम आयोगमा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँले भेटवार्ता गर्नु भएको छ ।

माननीय सुदूरपश्चिम प्रदेश प्रमुखज्यू र अयोगका पदाधिकारी, सदस्य तथा प्रतिनिधीहरुबीच भेटवार्ता गर्नु भएको हो ।

मुस्लिम समुदायका नागरिकहरूको हकअधिकार सुनिश्चित गर्न मुस्लिम आयोगको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै माननीय प्रदेश प्रमुखज्यूले आयोगप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहनुभएका माननीय प्रदेश प्रमुख नजिर मियाँप्रति गर्व व्यक्त गर्दै बधाई तथा शुभकामना अर्पण गर्नुभएको थियो ।

समुदायबाट यस्तो गरिमामय पदमा पुग्नु प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै उहाँहरूले उत्साह व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मुस्लिम आयोगको सम्भावना र थप चुनौतीबारे छलफल गरिएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको