Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeप्रदेश विशेषतमू र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता, खेमा लिपि प्रयोगमा ल्याउन...

तमू र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता, खेमा लिपि प्रयोगमा ल्याउन माग

पोखरा, बुधबार, २५ असार २०८२ । गुरुङ र मगर भाषाले गण्डकी प्रदेश सरकारको कामकाजी भाषाको मान्यता पाएका छन् । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै दुवै भाषाले सरकारी मान्यता पाएका हुन् ।

नेपालको संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेशको कानून बमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्ने प्रावधान अनुसार गण्डकी प्रदेश सरकारले यी दुई भाषा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार गण्डकी प्रदेशमा १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जनसंख्या रहेको छ ।

गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाका अनुसार तीमध्ये हाल ११ प्रतिशत मगर र ७ प्रतिशत गुरुङलेमात्र मातृभाषा बोल्छन् । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदाय हो। मगरको ढुटभाषाको लिपि र गुरुङको पनि त्यही लिपिमा सरकारी कामकाजी भाषा प्रयोगमा आउने छ। तर, विधेयकका लिपिबारे उल्लेख गरिएको छैन ।

गुरुङ भाषामा पछिल्लो समय युनिकोडमा पनि विकास गरिएको खेमा लिपिलाई नै कामकाजी लिपि बनाउनुपर्ने तमु ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को माग रहँदै आएको छ । तमु ह्यूल छोंज धींं राष्ट्रिय परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले मंगलबार गुरुङ र मगर भाषालाई गण्डकीले कामकाजी भाषा बनाएकोमा स्वागतमात्र गरेका छैनन्, प्रेस विज्ञप्तिमार्फत् खेमा लिपि प्रयोगमा ल्याउन माग पनि गरेका छन् ।

गण्डकी प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिबृद्धि गरी बहुजातिय र बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्न भन्दै सरकारले यो विधेयक ल्याएको थियो । यो विधेयक गएको फागुन २३ गते प्रदेशसभामा टेबुल भएको थियो । विधेयकमाथि २१ जना सांसदले संशोधन दर्ता गराएका थिए ।

गुरुङ समुदायकै केही अगुवाहरुले चाहिँ उमे लिपि पनि गुरुङकै भएको जिकिर गर्दै आएका छन्। तर, भाषा विज्ञहरु यो लिपिलाई तिब्बतीयन लिपि भएको जिकिर गर्छन्।

भुटान सरकारले १९ औं शताब्दीमै यो लिपि आफ्नो भएको घोषणा गरेकाले त्यसले गुरुङ समुदायको मौलिकता नसमेट्ने तमु ह्यूल छोंज धींको जिकिर छ।

मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएसँगै अव गण्डकीका सरकारी कार्यालय, आयोग, निर्देशनालय,संगठित संस्थाहरुमा यी दुई भाषा प्रयोग गर्नुपर्ने छ। देवनागिरी लिपीमा लेखिने नेपाली भाषाका अतिरिक्त तोकिए बमोजिमको लिपिमा लेखिने मगर र गुरुङ भाषा समेतलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्नेछ।

साथै, सरकारी कार्यालयमा सरकारी काम कारवाही र कार्यालयमा रहने सार्वजनिक दस्तावेजहरु यी दुई भाषामा समेत अनुवाद गरी अभिलेखीकरण गर्नुपर्ने, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात पेश गरेमा कार्यसम्पन्न भएपछि सोही भाषामा आवस्यक कागजात उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ।

गण्डकी प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिबृद्धि गरी बहुजातिय र बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्न भन्दै सरकारले यो विधेयक ल्याएको थियो।

प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त मगर र गुरुङ भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्न सक्ने, सरकारी कामकाजको भाषाको रुपमा मातृभाषा प्रयोग हुने कार्यालयमा अन्य राष्ट्रिय भाषाहरु प्रयोग गरेको आधारमा विभेद, बहिष्करण र अपमानजन्य व्यवहार गर्नु नहुने, प्रदेश सरकार र कार्यालयले सरोकारवालासँगको सहकार्यमा सरकारी कामकाजको भाषाको संरक्षण प्रवद्र्धनका लागि कार्यक्रम संचालन गर्ने, मगर र गुरुङ भाषामा उच्च शिक्षासम्म अध्ययन, अध्यापनको व्यवस्था गर्नसक्ने बिधेयकले समेटेको छ। प्रदेश सरकारले भाषाको अध्ययन, अनुसन्धान, मानकीकरण गर्ने, विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था रहेको विधेयकमा कार्यालयले मगर र गुरुङ भाषामा नागरिक वडापत्र वा सूचना पाटी राख्नुपर्ने उल्लेख छ।

गुरुङ र मगर भाषासम्बन्धी विधेयक पारित भएको दिनलाई गण्डकीका सभासदहरुले ऐतिहासिक दिन भएको बताएका छन्। जातीय पोशाकमा सजिएर पुगेका जनजाति सांसदका अलावा अन्य सभासदहरुले पनि घोषणालाई कार्यान्वयन गर्नुपर्ने बताए।

कांग्रेसका महेश भट्टराई, सरस्वती गुरुङ, एमालेका सुधीरकुमार पौडेल, निर्मला थापा र गणेशमान गुरुङ, माओवादी केन्द्रका कुसुम बुढा पुन र हरिबहादुर भण्डारी, राप्रपाकी विन्दु पौडेलले विधेयकमाथि बोल्दै गण्डकीमा प्रयोग हुने भाषाको संरक्षण र सम्बद्र्धनमा जोड दिएका थिए ।

सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गुरुङ र मगर भाषा प्रयोगमा आउने भएसँगै भाषा तालिम र प्रचलनमा रहेको संस्कृतिको संरक्षणमा विधेयकले व्यवस्था गर्ने, आवश्यकता र औचित्यका आधारमा कार्याविधि र नियमावली बनाइ गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत् अन्य भााषभाषीलाई पनि महत्व दिएर संरक्षण र सम्बद्र्धनमा जोड दिइने बता ए।

यो विधेयक गएको फागुन २३ गते प्रदेशसभामा टेबुल भएको थियो। विधेयकमाथि २१ जना सांसदले संशोधन दर्ता गराएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img