Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeविज्ञान प्रबिधिनेपाल टेलिकमको मनसुन अफरमा बोनस

नेपाल टेलिकमको मनसुन अफरमा बोनस

spot_img

काठमाडौँ, बिहीबार, २६ असार २०८२ । नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै समयसापेक्ष रूपमा प्याकेज तथा अफरहरू प्रदान गर्ने गरेको छ । ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोग शैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले आज बिहीबारदेखि लागू हुनेगरी मनसुन अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराउने भएको छ ।

यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइनेछ । विशेषगरी, शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६ सय ९९ र ७ सय ९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमले दैनिक बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महŒवलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्ता माझ विस्तार गर्दै जाने क्रममा आफ्ना ग्राहकको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहनासमेतलाई सम्बोधन गर्न प्याकेजहरू ल्याउने सो कम्पनीले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img