Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeराजनीतिएमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित

एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित

spot_img

ललितपुर, शुक्रबार, २७ असार २०८२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधान महाधिवेशनको तयारीमा नलागेर कार्यकर्ता पार्टीभित्र नै कित्ताकाट गरेर हिँड्ने नेता कार्यकर्तालाई पार्टीले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको उहाँले दाबी गर्नुभयो । महासचिव पोखरेले विधान महाधिवेशनले तय गरेका कतिपय विषय राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकाले यसको वैधानिक व्यवस्थाको जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएको उल्लेख गर्नुभयो ।

विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्ने र दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा ठिक नभएको पोखरेलले बताउनुभयो । पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न उहाँले चेतावनी दिनुभयो ।

महासचिव पोखरेलले पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको दाबी गर्नुभयो ।

एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उहाँले बताउनुभयो । “कुनै बेला सरकारमा लगिदिनु प¥यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन्,” महासचिव पोखरेलले भन्नुभयो, “पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारीले पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।” उहाँले यी तिनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरूसहितको सरकार बनाउन तल्लिन रहेको पोखरेलले दाबी गर्नुभयो ।

पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवस्तु चितवन महाधिवेशनले संशोधन गरेको स्मरण गराउँदै पार्टीको निर्णयविरुद्ध नबोली नेता होइदैन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img