गोरखा, शुक्रबार, २७ असार २०८२ । गोरखाको अजिरकोट गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ को वित्तिय प्रगति ८३ दशमलब ७३ प्रतिशत हासिल गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेसंगै वित्तिय प्रगति सार्वजनिक गरेको हो ।
चालु आर्थिक बर्षका लागि बिनियोजित वजेटमध्ये चालुतर्फ ८७.०५ प्रतिसत र पूँजीगत तर्फ ७६ दशमलव २३ प्रतिसत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।










