Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको बारपाक सुलिकोटद्धारा आ.ब २०८१/०८२ मा ८७.५५ प्रतिशत वित्तिय प्रगति

गोरखाको बारपाक सुलिकोटद्धारा आ.ब २०८१/०८२ मा ८७.५५ प्रतिशत वित्तिय प्रगति

spot_img

गोरखा, शुक्रबार, २७ असार २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ८७.५५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । गाउँपालिकाले चालुु आर्थिक बर्षमा कुल ६५ करोड, ४९ लाख ३७ हजार बजेट बिनियोजन गरेकोमा ५७ करोड ३३ लाख ९६ हजार ६३१ रुपैयाँ ३१ पैसा खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

जस अन्तर्गत चालुतर्फ रु ४९ करोड ९४ लाख ९७ हजार बिनियोजन गरिएको ४३ करोड ८३ लाख ७ हजार ५४१ रुपैया ३१ पैसा खर्च भएको उहाँको भनाई छ । यो चालुतर्फ बिनियोजित बजेटको ८७ दशमलब ७५ प्रतिसत हो । त्यस्तै पुँजीगत तर्फ रु १५ करोड ४२ लाख ४० हजार बिनियोजन भएकोमा रु १३ करोड ५१ लख २२ हजार ८९ खर्च भएको प्रमुख प्रशासकीय अधिृकत आलेले बताउनुभयो ।

पुँजीगत तर्फ बिनियाजित बजेटको ८७ दशमलब ०४ प्रतिसत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा स्विकृत भइ सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेर पालिकाको कुल बित्तिय प्रगती सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img