Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeशिक्षाउत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई बारपाक सुलिकोट गाउँपालिकाद्धारा सम्मान

उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई बारपाक सुलिकोट गाउँपालिकाद्धारा सम्मान

गोरखा, मंगलबार, ३१ असार २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।

गाउँपालिकाले सोमबार पालिका भित्रका सामुदायिक विद्यालयको एसईई परिक्षा २०८१ को नतिजा बारे समिक्षा तथा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीलाई सम्मान गरेको हो । ‘हामीले शैक्षिक सुधार गर्ने उदेश्यले प्रोत्साहन गरेका हो,’ शिक्षा शाखा अधिकृत पवित्रा शर्माले भनिन्, ‘शिक्षक विद्यार्थीलाई प्रोत्साहित गराएर नतिजामा सुधार गराउने कार्यक्रमको मुख्य उदेश्य हो ।’

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने सूर्यज्योति मा.वि का विद्यार्थी अनुपम श्रेष्ठ र सोही विद्यालयका सुजल थापालाई नगद सहित सम्मान गरिएको उनले बताइन् । ‘हामीले ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीलाई १५ हजार देखि एक लाख रुपैयाले सम्मान गर्ने भनि कार्यक्रम राखेका थियो,’ उनले भनिन्, ‘सोही अनुरुप ४.० जिपिए ल्याउने श्रेष्ठलाई १ लाख रुपैयाँ र ३.६१ जिपिए ल्याउनेत्र थापालाई १५ हजार रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।’ त्यस्तै विषयगत शिक्षक तर्फ ७ जनालाई समेत नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

अंग्रेजी शिक्षक दिनेश गुरुङ, विज्ञान तथा प्रविधि शिक्षक विपन गुरुङ, शिक्षा विषयका शिक्षक कृष्ण कुमारी गुरुङ, अर्थशास्त्र विषय शिक्षक नारायण श्रेष्ठ, अनिवार्य गणित शिक्षक शंकरदेव भट्ट, लेखा तथा कार्यालय सञ्चालक शिक्षक मनकुमारी थापा, सामाजिक शिक्षक रामचन्द्र अधिकारी, ऐच्छिक गणित शिक्षक चेतबहादुर थापा र नेपाली शिक्षक रित थापा मगरलाई उत्कृष्ट विषयगत शिक्षकको रूपमा नगत रू ५ हजार, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको उनले बताए ।

पालिकाले उत्कृष्ठ विद्यार्थीलाई सम्मान कार्यक्रम वर्षेनी गर्दे आइरहेको गाउँपालिकाले जनाएको छ । जसमा कक्षा ५, ८, एसइई र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्दै आइरहेको उनले बताइन् । त्यसै गरी गाउँपालिकाले एसइइमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय हिमालय मा.वि सौरपानीलाई सम्मान गरेको छ । ‘यो विद्यालयले ८३ प्रतिशत भन्दा बढि विद्यार्थी पास गरेको छ, यस विद्यालयलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ,’ उनले भनिन्, ‘५० हजार नगद भने आर्थिक वर्षमा हुने कार्यक्रममा उपलव्ध गराउछौं ।’ गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुवास आले, वडाध्यक्ष कृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img