Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषगोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा आलु मेला हुने

गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा आलु मेला हुने

spot_img

गोरखा, मंगलबार, ३१ असार २०८२ । आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आउँदो भदौ १ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८२ आयोजना गर्न लागेको हो । ‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला हुने आयोजकले जनाएको छ ।

ऐतिहासिक गुम्दा आलु मेलामा जिल्लास्तरीय अन्तर क्लव पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम हुने क्लवका अध्यक्ष मनुराज गुरुङले बताए । मेलामा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु ७५ हजार, ५० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए ।

महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु २० हजार, १० हजार र ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा पुरुष र महिला भलिबल प्रथम, दोस्रो र तेस्रो हुने सबै टिमलाई तीन/तीन पाथी आलु समेत दिइने अध्यक्ष गुरुङले बताए । मेलामा लोक नृत्य प्रतियोगितामा पनि आयोजना हुनेछ । सो प्रतियोगितामा प्रथम हुनेले रु सातहजार, द्वितीय हुनेले रु ५ हजार र तृतीय हुनेले रु तीनहजार प्राप्त गर्ने उनले बताए ।

यसका साथै पहिलो, दोस्रो र तेस्रो हुनेलाई दुई/दुई पाथी आलु समेत वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य आकर्षण आलु खाने प्रतियोगिता हो । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५ पाथी, तीन पाथी र एक पाथी आलुसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, समूह लोक नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश रु १२ हजार, आठ हजार र चारहजारसहित दुई/दुई पाथी आलु प्रदान गरिने क्लवका अध्यक्ष मनुराज गुरुङले जानकारी दिए ।

त्यस्तै, आलु तथा हस्तकला प्रदर्शनीमा राखिएकामध्ये पाँच जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरिने बताइएको छ । स्थाानीय स्तरमा उत्पादन भएको आलुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि प्रतियोगितामा सहभागी भई पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारसँगै आलु प्रदान गर्ने व्यवस्था गरेको उनको भनाई छ ।

उनका अनुसार आलु मेलामा हुने भलिबल प्रतियोगितामा सहभागी हुनका लागि पुरुष टोलीले प्रतिटिम रु ७५ सय र महिला टोलीले रु ६५ सय रुपैँया दर्ता शुल्कसहित भदौ १ गते बेलुकासम्म दर्ता गरिसक्नुपर्नेछ । यस्तै, लोक नृत्य र समूह लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउनका लागी रु एक हजार रुपैँया दर्ता शुल्क लाग्ने बताइएको छ ।

धार्चेको गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै आलु उत्पादन भएको तर कच्ची सडकका कारण मोटर बाटो संचालन नहुँदा त्यहाँ उत्पादित आलु समयमै बजारसम्म पु¥याउन नपाएको स्थानीय कृषकहरु बताउँछन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img